IME Life New

खराब बोनसदरका कारण बीमांकीय मूल्यांकन टार्दै केही जीवन बीमा कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । व्यवसायीक दौडमा अनावश्यक जोखिम मोलेर बीमालेख प्रस्ताव स्वीकार्ने बीमा कम्पनीहरुको अदूरदर्शी निर्णयका कारण वित्तीय प्रतिवेदन समयमै तयार हुन नसकेको पाइएको छ ।

जीवन बीमा कोषमा नै क्षति पुग्ने गरी जथाभावी बीमालेखहरु बिक्री गर्ने प्रवृत्तिका कारण कमजोर बोनसदर कायम हुने भएपछि केही जीवन बीमा कम्पनीहरु बीमांकीय मूल्यांकनको कार्य सक्दो ढिलो गरेर बोनश दरका कारण व्यवसायमा पर्न सक्ने नकारात्मक असर टार्ने प्रयास गरिरहेका छन् ।

Esewa
Crest

विशेष गरी वार्षिक अग्रिम भुक्तानी सावधिक बीमा योजना वा एकल बीमाशुल्क भुक्तानी बीमा योजना र अनपेक्षित बीमालेख समर्पणको कारण जीवन बीमा कोषमा पर्याप्त रकम जम्मा हुन नसक्दा जीवन बीमा कम्पनीहरु अपेक्षित बोनश वितरण गर्न सक्षम देखिएका छैनन् ।

केही बीमा कम्पनीहरुले अन्धाधुन्द वार्षिक अग्रिम भुक्तानी र एकल बीमाशुल्क भुक्तानी बीमालेख बिक्री गरेका छन्ए । कजना अनुभवी अभिकर्ताले भने,यस्ता बीमा योजनाहरु बीमितको दीर्घकालीन हितको लागी भन्दा पनि छोटो समयमा ठूलो व्यापारिक सफलता प्राप्त गरेको भन्ने फूर्ती लगाउन सिइओहरुले ल्याएका हुन् ।

वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजना र एकल बीमाशुल्क भुक्तानी बीमा योजनामा विकृति देखिएपनि बीमा समितिले यी बीमा योजनाहरुको बिक्री वितरणमा रोक भने लगाउन सकेको छैन । तर बीमा गरेको वर्षदिन नबित्दै बीमालेख समर्पण गर्ने प्रवृत्ति बढ्दै गएपछि निरुत्साहित गर्नका लागी कम्तीमा तीन वर्ष कुर्नै पर्ने प्रावधान लागू गरेको छ । तर तीन वर्षको अवधिपछि पनि यी बीमालेखहरु समर्पण हुँदा बीमित र बीमा कम्पनीलाई ठूलो आर्थिक नोक्सान हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS