IME Life New

एनआईसी एशिया फ्लेक्सी क्याप फण्डमा आजबाट आवेदन दिन सकिने, हेर्नुहोस सम्पुर्ण विवरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एन आई सी एशिया फ्लेक्सी क्याप फण्डले आजबाट (जेष्ठ १९) आईपीओ निस्काशन गर्दै छ। प्रति इकाई मूल्य रु. १० दरको १० करोड इकाई मध्ये बीज पुँजी वापत न्यूनतम १ करोड ५० लाख वा कुल बिक्री भएको इकाईको १५ प्रतिशत इकाई कोष प्रवर्द्धक एन आई सी एशिया बैंक लिमिटेडलाई सुरक्षित राखी बाँकी न्युनतम ८ करोड ५० लाख इकाई सार्वजनिक रुपमा बिक्री गर्नका लागि खुल्ला गरिएको छ ।

Esewa
Crest

यस म्युचुअल फण्डमा जेष्ठ २४ गते सम्म आवेदन दिनु पर्ने छ। यदी सो समयसम्म माग बमोजिम आवेदन नपरेमा असार २ गतेसम्म समय थपिनेछ।

कतिसम्म दिन पाईन्छ आवेदन ?
न्युनतम १०० इकाई देखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिन्छ ।

योजना सम्बन्धी थप जानकारी :
योजनाको नाम : एन आई सी एशिया फ्लेक्सी क्याप फण्ड
कोष प्रवर्द्धकको नाम : एन आई सी एशिया बैंक लिमिटेड
योजनाको आकार : एक अर्ब (दश करोड इकाई)
प्रति इकाई मूल्य : रु.१०
योजनाको प्रकार : बन्दमुखी
योजनाको अवधि : ७ वर्ष

प्रति इकाइ खुद सम्पत्ति मूल्यको गणना तथा वित्तीय अनुपात सम्बन्धी विवरण :

योजनाले लगानी गर्ने क्षेत्र :
कम्पनीका अनुसार सामूहिक कोष नियमावली, २०६७ को नियम ३४ र ३६ एवं निर्देशिकाको अधीनमा रही इकाई बिक्रीबाट उठेको वा संकलन भएको रकम देहाय बमोजिमको कुनै वा सबै क्षेत्रमा लगानी गर्ने  छ  ।

  • बोर्डमा दर्ता भएको धितोपत्र
  •  सार्वजनिक निष्कासन भएको धितोपत्र
  •  धितोपत्र बिनिमय बजारमा सूचीकृत संगठित संस्थाहरुको धितोपत्र
  •  नेपाल सरकारले जारी गरेको वा नेपाल सरकारको जमानत वा पुर्ण सुरक्षित हुने गरी सरकारी स्वामित्व वा नियन्त्रणमा रहेको कुनै संस्था वा नेपाल राष्ट्र  बैंकले जारी गरेको ऋणपत्र, ट्रेजरी विल तथा मुद्रा बजारका अन्य साधनहरु
  •  बैंक निक्षेप
  •  मुद्रा बजार उपकरण
  •  बोर्डले तोकिदिएको अन्य क्षेत्र 

लगानी तथा लाभांशका सम्बन्धमा लागू हुने कर सम्बन्धी व्यवस्था :
नेपाल सरकारको नीति बमोजिम सामूहिक लगानी कोषका लागि आ.व.२०७०/०७१ को आर्थिक विधेयकले योजनाको लाभांश, ब्याज तथा पूँजीगत लाभकर आम्दानीमा स्रोतमा करकट्टी गर्नु नपर्ने व्यवस्था गरेको छ । साथै योजनाले प्रतिफल वितरण गर्दा प्रकृतिक व्यक्तिको हकमा ५ प्रतिशत तथा कम्पनीहरुको हकमा १५ प्रतिशत अग्रिम करकट्टी गरेर मात्र वितरण गर्ने व्यवस्था गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS