IME Life
GBIME

करको सीमा बढ्यो दम्पतीको हकमा ६ लाख र ब्यक्तिको हकमा ५ लाख कायम

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि व्यक्तिगत आयकरको सिमा बढाएको छ । न्युन र मध्यम आय हुनेहरुलाई करको सिमा बढाइदिएर राहत प्रदान गरिदिएको हो । सरकारले व्यक्तिगत आयकर अन्तर्गत वार्षिक चार लाख रुपैयाँसम्मको आम्दानीमा एक प्रतिशत कर लाग्दै आएकोमा अव वार्षिक ५ लाख रुपैयाँसम्म आम्दानी हुनेले एक प्रतिशत मात्रै कर तिरे पुग्छ । त्यस्तै दम्पत्तीको हकमा वार्षिक साढे चार लाख रुपैयाँमा एक प्रतिशत कर लाग्दै आएकोमा अव वार्षिक ६ लाख रुपैयाँसम्मको आयमा एक प्रतिशत कर तिरे पुग्छ ।

के हो आयकर ?

Crest

कुनै पनि व्यक्ति वा निकायले प्राप्त गरेको करयोग्य आम्दानीबाट सरकारलाई बुझाउनुपर्ने रकमलाई नै आयकर भनिन्छ । राज्य अनुसार करको दायरा र व्यवस्था फरक फरक हुन सक्दछ । नेपालमा आयकर ऐन २०५८ तथा आयकर नियमावली २०५९ मा गरिएको व्यवस्थाको आधारमा सरकारले कर लिदै आएको छ ।

आयकर ऐन २०५८ अनुसार करयोग्य आम्दानी गर्ने वा आर्थिक लाभ प्राप्त गर्ने प्रत्येक प्राकृतिक व्यक्ति तथा निकायले कर तिर्नु अनिवार्य हुन्छ । प्रत्येक व्यक्तिले आय वर्ष समाप्त भएको तीन महिनाभित्र सो वर्षको आय विवरण सम्बन्धित निकायमा बुझाउनुपर्छ । र सोहि विवरण अनुसार कर तिर्नुपर्छ ।

प्रस्तावित दर अनुसार अवदेखि कुनै पनि प्रकृतिक व्यक्तिले एक वर्षमा ५ लाख रुपैयाँ रोजगारीको आयमा एक प्रतिशत कर तिरेपुग्छ । त्यस्तै दम्पत्तीको हकमा ६ लाख रुपैयाँसम्मको आयमा एक प्रतिशत तिरे पुग्छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS