Connect IPS
IME Life

सामाजिक सुरक्षा भत्ताको बोझ हरेक वर्ष बढ्दै, १ खर्ब ३४ अर्ब रुपैयाँ विनियोजन (यस्तो छ पाँच वर्षको तथ्याङ्क)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नयाँ आर्थिक वर्ष २०७९/०८० मा सामाजिक सुरक्षा भत्ता अन्तर्गत १ खर्ब ३४ अर्ब १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । अर्थ मन्त्री जनार्दन शर्माले नयाँ आर्थिक वर्षका लागि सामाजिक सुरक्षा भत्तामा उक्त बजेट विनियोजन गरिएको बताएका हुन् ।

सरकारले बार्षिक रुपमा बजेट मार्फत सामाजिक सुरक्षा भत्ता सार्वजनिक गर्दै आइरहेको छ । २८ वर्षअघि सुरु भएको सामाजिक सुरक्षा भत्तालाई सरकारले निरन्तरता दिँदै आइरहेको छ । सामाजिक सुरक्षा भत्ता अन्तर्गत सरकारले जेष्ठ नागरिक, आर्थिक रुपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका व्यक्ति, असहाय एकल महिला, अपाङ्गता भएका, बालबालिका, आफ्नो हेरचाह आफै गर्न नसक्ने, लोपोन्मुख जातिलाई समेटेको छ । सरकारले परिवारमा आश्रित हुनुपर्ने व्यक्तिको हकमा यस्ता भत्ता प्रदान गर्दै आइरहेको छ । स्वास्थ्योपचार साथै सामान्य आवश्यकता परिपूर्र्ति गर्नका लागि उक्त भत्ताको सदुपयोग होस् भन्ने सरकारको अवधारणा रहेको छ ।

Prabhu
Crest

२०५१ सालमा १ सय रुपैयाँबाट सुरु भएको जेष्ठ नागरिक भत्ता २८ वर्षको अवधिमा ५ हजार रुपैयाँ पुगेको छ । जेष्ट नागरिकको भत्तासँगै सामाजिक सरक्षा सुरक्षा भत्ता अन्तर्गत समेटिएका नागरिकको भत्तामा समेत बृद्धि भएको छ ।

सरकारले बार्षिक रुपमा बृद्धि गर्दै आइरहेको सामाजिक सुरक्षा भत्ता वार्षिक रुपमा बढ्दै गएको देखिन्छ । आर्थिक वर्ष २०७५÷०७६ देखि नयाँ आर्थिक वर्ष २०७९/०८० सम्मको तथ्याङ्कलाई नै हेर्ने होे भने सामाजिक सुरक्षा कोषको रकममा बृद्धि भएको देखिन्छ । आर्थिक वर्ष ०७५/०७६ मा बजेट वक्तव्यमा सामाजिक सुरक्षा भत्ताको लागि सिमित रकम तोकिएको छैन । तर उक्त व्यवस्थालाई व्यवस्थित गर्दै लैजाने उल्लेख गरिएको छ । यसैगरी आ.व.२०७६/०७७ मा भने सामाजिक सुरक्षाका लागि ६४ अर्ब ५० करोड रुपैयाँ रकम विनियोजन गरिएको थियो । ०७७/०७८ मा भने सो रकम ३ अर्वले बृद्धि भई ६७ अर्ब ५० करोड रुपैयाँ पुगेको थियो ।

आ.व.०७८/०७९ मा भने सरकारले सामाजिक सुरक्षामा मात्रै १ खर्ब रुपैयाँ बजेट विनियोजन गरिएको थियो । नयाँ आर्थिक वर्ष २०७९÷०८० का लागि भने सरकारले १ खर्ब ३४ अर्ब १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । गत वर्षको तुलनामा यो बजेट ३४ अर्ब १ करोड रुपैयाँले बढी रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS