IME Life New

काभ्रेपलाञ्चोकमा स्वास्थ्य बीमा कार्यक्रम लागू

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

स्वास्थ्य बीमा बोर्डले जिल्लामा नागरिक स्वास्थ्य बीमा कार्यक्रम लागू गरेकोे छ । यही चैत १० गतेभित्र जिल्लाका १३ स्थानीय तहमा उक्त कार्यक्रम लागू गर्ने योजनाका साथ हाल चारवटा नगरपालिकामा स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाई सोबारे अभिमूखिकरण दिइएको छ ।

‘तपाईको स्वास्थ्य हाम्रो अठोट’ भन्ने मूलनाराका साथ ४८ जिल्लामा लागू गरिएको सो कार्यक्रम गत फागुन अन्तिम साता धुलिखेल नगरपालिकाबाट शुरु भएको हो। बीमा कार्यक्रमअन्तर्गत प्रतिपरिवार पाँच सदस्यलाई वार्षिक दुई हजार ५०० प्रिमियम तिर्नुपर्नेछ। पाँचभन्दा धेरै सदस्य भए प्रतिसदस्य रु ४२५ थप गर्नुपर्नेछ ।

Esewa
Crest

उक्त बोर्डका मेडिकल रेकर्ड अधिकृत गुञ्जबहादुर जिसीले रु दुई हजार ५०० तिरेपछि पाँच जनाका लागि वार्षिक रु ५० हजारको बीमा हुने, पाँच बराबर एकजनाले रु ५० हजारको सेवा लिएमा अन्यले सेवा प्राप्त गर्न नसक्ने र प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने बताए ।

बीमा कार्यक्रमअन्तर्गत बहिरङ्ग तथा आकस्मिक सेवा, अन्तरङ्ग सेवा, निदनात्मक सेवाअन्तर्गत एक हजार ११८ प्रकारका औषधि प्राप्त गर्नेछन् । सरकारले यसअघि ७० प्रकारका औषधि निःशुल्क वितरण गर्दै आएकामा थप २५ वटा आर्युेवेदिक औषधि पनि निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

सबै उमेर समूहका व्यक्तिमा बीमा कार्यक्रम लागू हुने जनाइएको छ । स्वास्थ्य बीमाका लागू गरिएका २५ जिल्लाका गरीब परिचयपत्र बहाक नागरिकले भने बीमा रकम तिर्नुपर्दैन । नगर तथा गाउँमा त्यहाँका प्रमुख र वडामा वडाध्यक्षको संयोजकत्वमा स्थानीय तह स्वास्थ्य सुरक्षा संयोजक समिति गठन हुनेछ । जिल्लामा स्वास्थ्य बीमा गरेका नागरिकलाई धुलिखेल सामुदायिक अस्पतालबाट सो सेवा उपलब्ध गराइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS