IME Life New

अभिकर्तालाई ८४ करोड ५२ लाख कर्जा प्रवाह

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

जीवन बीमा कम्पनीहरुले ८४ करोड ५२ लाख रुपैयाँ अभिकर्ता कर्जा प्रवाह गरेका छन् । बीमा समितिको तथ्यांक अनुसार २०७४/२०७५ को असारमसान्तसम्ममा १३ जीवन बीमा कम्पनीहरुले उक्त रकम बराबरको कर्जा प्रवाह गरेका हुन् ।

बीमा कम्पनीहरूले अभिकर्ताको लागि समय समयमा विभिन्न खालका ऋण तथा सापटी योजना सञ्चालन गर्दै आएका छन् । जसअन्तर्गत अधिकांश कम्पनीले घर, कार, मोटरसाइकल, ल्यापटप, कम्प्यूटर र मोबाइल कर्जाका साथै नगद कर्जा समेत प्रदान गर्दै आएका छन् ।

Crest

जीवन बीमा कम्पनीमध्ये नेपाल लाइफले सबैभन्दा धेरै ३७ करोड ७७ लाख रुपैयाँ अभिकर्ता कर्जा प्रवाह गरेको छ । लाईफ इन्स्योरेन्स कर्पोरेशनस (नेपाल) ले २८ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ७ करोड ४६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ भने सूर्या लाईफ इन्स्योरेन्स कम्पनीले ४ करोड ९२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बीमा ऐनमा अभिकर्तालाई कर्जा प्रदान गर्न सकिने व्यवस्था छ । तर, कम्पनीहरुले जथाभावी कर्जा प्रवाह गर्ने गरेको समितिले बताएको छ ।

अभिकर्ता कर्जा असुलीमा समस्या

बीमा कम्पनीहरुले आफनो विनियमावलीमा भएको व्यवस्था अनुसार अभिकर्ताको कार्य सम्पादनको आधारमा कर्जा उपलब्ध गराउँन पाउँछन् । तर, कम्पनीहरुले अभिकर्ताको कार्य मूल्यांकन नगरी कर्जा उपलब्ध गराउँने हुँदा कर्जा असुलीमा समस्या हुने गरेको समितिले बताएको छ । कर्जा लिएका अभिकर्ताहरु सम्पर्कमा नआउँने, एउटा कम्पनी छोडेर अर्को कम्पनीमा जाने हुँदा कर्जा असुलीमा समस्या भएको हो ।

बीमा कम्पनीहरुले बजारको दर अनुसार कम्तिमा पनि ८ देखि १२ प्रतिशत ब्याजदरमा अभिकर्तालाई कर्जा उपलब्ध गराउँदै आएका छन् । कम्पनीहरुले आफनो लगानीको विविधिकरणका लागी पनि अभिकर्तालाई कर्जा वितरण गर्ने गरेको समितिले बताएको छ । कम्पनीका लागी अभिकर्ता कर्जा सुरक्षित लगानी भए पनि आधार जथाभावी कर्जा प्रवाह गर्दा समस्या हुने गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS