Connect IPS
IME Life

कुमारी क्यापिटलले जेठ १२ गतेदेखि म्युचुअल फण्ड निष्काशन गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमडौं । कुमारी क्यापिटल लिमिटेडले जेठ १२ गतेदेखि नयाँ म्युचुल फण्ड निष्काशन गर्ने भएको छ । क्यापिटलले कुमारी धनवृद्धि योजना निष्काशनमा ल्याउन लागेको हो ।

क्यापिटलले प्रतिइकाई १० अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई विक्रीमा ल्याउन लागेको हो । निष्काशन गरिने कुल इकाईमध्ये कुल विक्री भएको इकाईसंख्याको १५ प्रतिशत अर्थात् एक करोड ८० लाख इकाई कोष प्रवर्द्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई विक्री गर्न लागेको हो ।

Prabhu
Crest

उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था छ । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने सो फण्डको इकाईमा जेठ १७ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई विक्री नभएमा जेट २६ गतेसम्म आवेदन म्याद थपिने क्यापिटलले बताएको छ ।

उक्त फण्डको इकाईमा आवेदकले धितोपत्र बोर्डबाट आस्बा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS