Connect IPS
IME Life

गुराँस लाइफको मुनाफा २६ प्रतिशतले बढ्यो, जीवन बीमा कोषमा १२ अर्ब ६ करोड रुपैयाँ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको मुनाफा २६ प्रतिशलते बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक अवधिमा १६ करोड १६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा १० करोड ४२ लाख रुपैयाँ आर्जन गरेको थियो ।

मुनाफा बढे पनि खुद बीमा शुल्क आर्जन भने २२ प्रतिशतले घटेको छ । कम्पनीले समिक्षा अवधिमा २ अर्ब ३५ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेकोमा गत वर्षको यहि अवधिमा तीन अर्ब आर्जन गरेको थियो ।

Prabhu
Crest

अभिकर्ताले जीवन बीमा व्यवसाय भित्र्याए बापत २८ करोड १३ लाख रुपैयाँ कमिशन प्राप्त गरेका छन् । गत वर्षको यहि अवधिमा उनिहरुले ४५ करोड तीन लाख रुपैयाँ बुझेका थिए ।

कम्पनीको जीवन बीमा कोष १९ प्रतिशतले बढेको छ । यस्तो कोषमा १२ अर्ब ६ करोड रुपैयाँ जम्मा भएको छ । गत वर्षको यहि अवधिमा १० अर्ब ११ करोड रुपैयाँ थियो ।

खुद दाबी भुक्तानीमा पनि उल्लेख्य बृद्धि भएको छ । कम्पनीले तेस्रो त्रैमाशिक अवधिमा एक अर्ब १६ करोड रुपैयाँको दाबी भुक्तानी गरेको छ ।

कम्पनीको चुक्ता पूँजी २ अर्ब ८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५४ करोड ८२ लाख रुपैयाँ जम्मा भएको छ । प्रतिशेयर आम्दानी ८ रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १२८ रुपैयाँ छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS