Connect IPS
IME Life

प्रोभिजनिङले एलआईसी नेपालको मुनाफामा भारि गिरावट, जीवन बीमा कोषमा ९० अर्ब नाघ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रोभिजनिङका कारण एलआईसी नेपालको मुनाफामा भारि गिरावट आएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक अवधिमा १५ करोड १२ लाख रुपैयाँ प्रोभिजनिङ गरेको छ । यस अवधिमा कम्पनीको मुनाफा ६ करोड रुपैयाँ मात्रै छ । जवकी गत वर्षको यहि अवधिमा १५ करोड ३७ लाख रुपैयाँ मुनाफा थियो ।

खुद बीमा शुल्क आर्जनमा पनि सामान्य सुधार देखिएको छ । कम्पनीले यस अवधिमा १३ अर्ब ६२ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा १३ अर्ब ५९ करोड रुपैयाँ थियो ।

Prabhu
Crest

खुद बीमा शुल्क आर्जन सँगै कम्पनीको जीवन बीमा कोष पनि १६ प्रतिशतले बढेको छ । यस अवधिमा यस्तो कोषमा ९० अर्ब रुपैयाँ नाघेको छ । जवकी गत वर्षको यहि अवधिमा ७७ अर्ब ५४ करोड रुपैयाँ थियो ।

दाबी भुक्तानी ६ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । अभिकर्ता कमिशन भने घटेको छ । अभिकर्ताले यस अविधमा एक अर्ब २९ करोड रुपैयाँ कमिशन प्राप्त गरेका छन् ।

कम्पनीको चुक्ता पूँजी २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७० करोड ९० लाख रुपैयाँ जम्मा भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS