Connect IPS
IME Life

आईएमई लाइफको खुद बीमा शुल्क आर्जन २८ प्रतिशतले बढ्यो, जीवन बीमा कोषमा ४ अर्ब २४ करोड रुपैयाँ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको खुद बीमा शुल्क आर्जन २८ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक अवधिमा २ अर्ब ३७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जवकी गत वर्षको यहि अवधिमा कम्पनीले एक अर्ब ८५ करोड रुपैयाँ आर्जन गरेको थियो ।

मुनाफामा भने सामान्य सुधार देखिएको छ । समिक्षा अवधिमा कम्पनीले १० करोड १९ लाख रुपैया मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा १० करोड रुपैयाँ थियो । खुद दाबी भुक्तानीमा भने उल्लेख्य बृद्धि भएको छ । चैत मसान्त भित्रमा कम्पनीले ६२ करोड ४० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । जवकी गत वर्षको यहि अवधिमा ३४ करोड ११ लाख रुपैयाँ भुक्तानी गरेको थियो ।

Prabhu
Crest

यस वर्ष अभिकर्ताले ३९ करोड ३९ लाख रुपैयाँ कमिशन प्राप्त गरेका छन् । बीमितले बीमालेख धितोमा राखेर भने ३३ करोड १२ लाख रुपैयाँ कर्जा लिएका छन् ।

तेस्रो त्रैमाशिक अवधिमा कम्पनीको जीवन बीमा कोष ७० प्रतिशतले बृद्धि भएको छ । यस अवधिमा जीवन बीमा कोषमा ४ अर्ब २४ करोड रुपैयाँ जम्मा भएको छ । गत वर्षको यहि अवधिमा २ अर्ब ४९ करोड रुपैयाँ थियो । चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ६० करोड ८८ लाख रुपैयाँ जम्मा भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS