IME Life New

सम्पुर्ण बीमा कम्पनीहरुलाई शनिवार र आइतबार विदा दिन समितिको निर्देशन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले सम्पुर्ण बीमा कम्पनीहरुलाई सातामा दुई दिन विदा दिन निर्देशन दिएको छ । सरकारले जेठ एक गतेदेखि लागु हुने गरी शनिवार र आइतबार दुई दिन विदा दिने व्यवस्था गरे सँगै समितिले पनि सोहि नियमलाई पालना गर्न निर्देशन दिएको हो । सरकारले सातामा दुई दिन विदा दिने निर्णय गरेसँगै उक्त व्यवस्थालाई गृहमन्त्रालयले राजपत्रमा प्रकाशन गरेको छ ।

हप्तामा दुई दिनको विदा दिएसँगै कार्यालयको कार्य अवधि भने थप भएको छ । प्रत्येक विहान १० बजे कार्यालय खुल्ने र ५ बजे बन्द हुने गरेको छ । अब भने विहान ९:३० बजे कार्यालय खुल्ने र ५:३० बजे बन्द हुने व्यवस्था राजपत्रमा उल्लेख गरिएको छ । जाडो महिनाको हकमा भने बेलुकी ४:३० बजे नै कार्यालय बन्द हुने जनाएको छ ।

Crest

दशैं र तिहारको सार्वजनिक विदा बाहेक अन्य विदा लगातार दुई दिन भएमा तेस्रो दिनदेखि सेवा प्रवाह गर्नुपर्ने राजपत्रमा उल्लेख गरिएको छ । बीमा समितिले यहि व्यवस्थालाई पालना गर्न कम्पनीहरुलाई परिपत्र जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS