काठमाडौं । डलरको भाउ आकासिदा नेपाली मुद्रा अहिलेसम्मकै कमजोर भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार एक अमेरिकी डलरको विनिमय दर १२४ रुपैयाँ २५ पैसा कायम भएको छ । डलरको तुलनामा भारतीय मुद्रा कमजोर हुँदा नेपाली विनिमय दर पनि बढेको हो ।
एक डलर बराबर भारु ७७ रुपैयाँ कायम भएको छ । अमेरिकाले व्याजदर बढाउदा डलर विश्वमै महंगो भइरहेको छ । अर्को तर्फ डलर इन्डेक्स पनि २० वर्ष यताकै सर्वाधिक विन्दुमा पुगेको छ । सन् २००२ मा डलर इन्डेक्स १०४.०७ थियो । अहिले डलर इन्डेक्स १०३.७५ सम्म पुग्यो । अमेरिकामा बढ्दो महंगी सँगै डलरको भाउ पनि बढिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । बढ्दो डलरको भाउले अमेरिकी शेयर बजारलाई ठुलो प्रभाव पार्न सक्ने आकलन गरिएको छ ।