Connect IPS
IME Life

युनियन लाइफको मुनाफामा गिरावट, बीमा शुल्क आर्जन १८ प्रतिशतले बढ्दा जीवन बीमा कोषमा १० अर्ब

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रोभिजनिङका कारण युनियन लाइफ इन्स्योरेन्स कम्पनीको मुनाफामा भारि गिरावट आएको छ । कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाशिक अवधिमा २ करोड ७२ लाख रुपैया मुनाफा आर्जन गरेको छ । जवकी गत वर्षको यहि अवधिमा कम्पनीको मुनाफा ८ करोड २५ लाख रुपैयाँ थियो । यस त्रैमाशिक अवधिमा ११ करोड १८ लाख रुपैयाँ प्रोभिजनिङ गर्नु परेको छ ।

यस वर्ष खुद बीमा शुल्क आर्जन १८ प्रतिशतले सुधार देखिएको छ । कम्पनीले तेस्रो त्रैमाशिक अवधिमा ५ अर्ब ९९ करोड रुपैयाँ आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा ५ अर्ब ५ करोड रुपैयाँ थियो । खुद दाबी भुक्तानी ६२ प्रतिशतले बढेको छ । कम्पनीले समिक्षा अवधिमा २ अर्ब ३५ करोड रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ । जवकी गत वर्षको यहि अवधिमा एक अर्ब ४५ करोड रुपैयाँ थियो ।

Prabhu
Crest

बीमा शुल्क आर्जनमा उल्लेख्य सुधार सँगै जीवन बीमा कोष ४९ प्रतिशतले बढाउन सफल भएको छ । कम्पनीको जीवन बीमा कोषमा १० अर्ब ४२ करोड रुपैयाँ जम्मा भएको छ । गत वर्षको यहि अवधिमा जम्मा ६ अर्ब ९० करोड रुपैयाँ मात्रै थियो ।

चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ रहेको युनियन लाइफको जगेडा कोषमा एक अर्ब ९ करोड रुपैयाँ जम्मा भएको छ । कम्पनीले दीर्घकालिन क्षेत्रमा मात्रै १० अर्ब ४२ करोड रुपैयाँ लगानी गरेको छ । त्यस्तै बीमा लेख धितोमा राखेर ९५ करोड रुपैयाँ लगानी गरेको छ । यस वर्ष अभिकर्ताले प्राप्त गर्ने कमिशन भने घटेको छ । अभिकर्ताले ९३ करोड ७४ लाख रुपैयाँ बुझेका छन् । गत वर्षको यहि अवधिमा उनिहरुले ९६ करोड रुपैयाँ बुझेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS