IME Life New

एनआईसी एशिया क्यापिटलले ल्यायो ९९% प्रोफिट योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत पहिलो पटक ‘९९ प्रतिशत प्रोफिट योजना’ सार्वजनिक गरेको छ । क्यापिटलले ‘हजुरहरुको लगानी व्यवस्थापन एनआईसी एशिया क्यापिटलको साथमा, प्रोफिटको ९९ प्रतिशत हजुरको हातमा’ भन्ने अभियान सहित यस्तो योजना ल्याएको हो ।

शेयर बजारमा प्रवेश गर्न चाहने नयाँ लगानीकर्ताहरु तथा विदेशमा बसोबास गर्ने नेपालीहरुलाई शेयर बजारमा भित्र्याई समग्र शेयर बजारको विकास, विस्तार गर्न महत्वपूर्ण सहयोग पु-याउने मुख्य उद्देश्यका साथ लगानी व्यवस्थापन सेवा अन्तर्गत सीमित अवधिका लागि ‘९९ प्रतिशत प्रोफिट योजना’ सञ्चालन गरेको हो ।

Esewa
Crest

उक्त योजना अन्तर्गत क्यापिटलले सेवाग्राहीहरुलाई निःशुल्क लगानी व्यवस्थापन सेवा उपलब्ध गराउनुको साथै लगानी गरिएको रकमबाट प्राप्त मुनाफामा मात्र १ प्रतिशत पर्फमेन्स फी लिने जानकारी दिएको छ । यस योजनामा सहभागीले न्यूनतम १० लाख रुपैयाँ देखि कम्तीमा १ वर्ष अवधि हुनुपर्नेछ ।

यस योजना अन्तर्गतको सेवाले सेयर बजार सम्बन्धी ज्ञान नभएका नयाँ लगानीकर्ताहरु, लहैलहैमा शेयर बजारमा प्रबेश गरी राम्रोसँग आफ्नो पोर्टफोलियो व्यवस्थापन गर्न नसकिरहेका लगानीकर्ताहरु, शेयर बजार सम्बन्धी ज्ञान तथा बजारबाट प्राप्त गर्ने अवसरको बारेमा राम्रो जानकारी हुँदाहुदै पनि समय अभावको कारणले गर्दा लगानी गर्न नसकिरहेका व्यक्ति तथा संस्थाहरुले लाभ लिन सक्ने क्यापिटलको विश्वास रहेको बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS