IME Life New

मर्जरको प्रस्ताव सहित यूनियन लाइफको साधारणसभा आज, ६ संचालकको निर्वाचन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले आज बैशाख २३ गते साधारणसभा गर्दैछ । कम्पनीले भैरहवामा रहेको टाइगर प्यालेस रिसोर्टमा सभा आह्वान गरेको हो ।

सभाले संचालक समितिको आर्थिक वर्ष २०७६/७७ को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लेखापरिक्षकको प्रतिवेदन, वासलात तथा नाफा नोक्सान हिसाब एवं नगद प्रवाह विवरण र ततसम्वन्धी अनुसुचीहरु तथा नेपाल वित्तीय प्रतिवेदन बमोजिम तयार गरिएको वित्तीय विवरण माथि छलफल गरी पारित गर्नेछ ।

Esewa
Crest
त्यस्तै, सभाले लेखापरीक्षण उपसमितिको सिफारिस बमोजिम आ।व। २०७७/७८ को लागि बाह्य लेखा परीक्षकको नियक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा कम्पनी ऐन बमोजिम वाहलवाला लेखापरीक्षक श्री एलएसपी एसोसिएट्स चाटर्ड एकाउन्टेण्टस् पूनः नियुक्ति हुन नसक्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले संचालक समितिमा संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना संचालकहरुको निर्वाचन गर्ने , स्वतन्त्र विज्ञ संचालकको नियुक्तिको अनुमोदन गर्ने , प्रमुख कार्यकारी अधिकृतको पुनः नियुक्तिको अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले कम्पनीले सामूहिक लगानी कोष संचालन गर्ने र सो को स्थापनार्थ प्रबन्धपत्रमा उद्देश्य थप गर्ने, यसस कम्पनी तथा अन्य जीवन बीमा कम्पनी बिच एक आपसमा मर्ज हुने गाभ्ने गाभिने,प्राप्ती गर्ने गर्ने प्रयोजनको लागि आवश्यक सम्पूर्ण प्रक्रियागत प्रकृयाहरु अवलम्वन गरी मर्ज हुने कार्यको लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

सभाले कम्पनीको बिस्तृत लेखापरीक्षण गर्नको लागि लेखापरीक्षक (मुल्यांकनकर्ता) नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने कार्यको लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभामा प्रबन्धपत्र नियमावलीमा भएको संसोधनमा सम्बन्धित नियमनकारी निकायहरुले कुनै फेरबदल, संसोधन एवं परिमार्जन गर्नको लागि सुझाव दिएमा सोही अनुरुप आवश्यक फेरवदल, संसोधन एवं परिमार्जन गर्नको लागि संचालक समितिलाई अख्तियारी दिने, कम्पनीको ऐनको दफा १०५ को (१) (ग) बमोजिम आर्थिक वर्ष २०७६/७७ मा भएको खर्चको अनुमोदन गर्ने प्रस्ताव पेश हुनेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि बैशाख १३ गते बुक क्लोज गरेको थियो । बैशाख १२ गतेसम्म कायाम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS