IME Life New

अबको १० बर्षमा नेपालको बीमा पेनिट्रेशन भारतको जस्तै हुनेछ : एलपी दास, सिइओ एलआइसी नेपाल

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालले गत माघ १५ गते देखि प्रमुख कार्यकारी अधिकृतको रुपमा लक्ष्मी प्रसाद दासलाई नियुक्त गरेको छ । उनी कम्पनीको नवौ प्रमुख कार्यकारी अधिकृत हुन् । भारतको उडिसामा जन्मेका दासले एमबिएसम्मको अध्ययन पुरा गरेका छन् । एलआईसी अफ इण्डियामा सन् १९९२ मा अधिकृतस्तरबाट जीवन बीमा सेवामा प्रवेश गरेका दासले कम्पनीको प्रशासन, आईटी, मार्केटिङ्ग लगायत प्रायः सवै विभागमा काम गरी सकेका छन् । पछिल्लो समयमा उनी एलआईसी अफ इण्डियाको भुवनेश्वरमा सिनियर डिभिजनल म्यानेजरको रुपमा कार्यरत थिए । उनै दास सँग नेपालको बीमा क्षेत्रका बिषयमा इन्स्योरेन्स खबरकर्मीले गरेको कुराकानी :भारतीय बीमा बजारमा लामो समय देखि कार्यरत हुनुहुन्छ । नेपालको बीमा बजारलाई कसरी लिनु भएको छ ?

भारतको तुलनामा सानो राष्ट्र भएपनि नेपाल जीवन बीमाको लागि भर्जिनल्याण्ड देखेको छु । जनसंख्याको ठुलो हिस्सा अझै पनि जीवन बीमामा समेटिएका छैनन् । अबको १० बर्षपछि नेपालमा पनि जीवन बीमाको पेनिट्रेशन भारतको जस्तै हुनेछ । हरेक वर्ष बीमा व्यवसायको तथ्याङ्कगत बृद्धि हेर्दा नेपालीहरुमा जीवन जोखिम बहनका साथ बचत गर्ने चाहना रहेको देख्न सकिन्छ ।

Crest

भारतमा बीमा प्रति मानिसहरु सचेत छन् । तुलनात्मक रुपमा नेपाल र भारतको संस्कृति एकै खालको भए पनि नेपालमा बीमा सम्बन्धी चेतना बढ्न सकेको छैन । किन होला ?

यी सवै कुराहरु देशको शिक्षा र आर्थिक क्रियाकलापमा निर्भर गर्दछ । अहिले नेपालमा पनि १९ ओटा जीवन बीमा कम्पनीहरु बीमा सचेतना बृद्धि गर्न लागेको देखेको छु । यही तरिकाबाट अघि बढ्दा नेपालमा पनि बीमा सम्बन्धी चेतना बढ्नेछ । हरेक कम्पनीले आफ्ना अभिकर्ताहरुलाई राम्रो प्रशिक्षण प्रदान गरी दक्ष बनाएर मात्र वजारमा पठाउन जरुरी छ ताकी बीमाबारेमा राम्रो सन्देश समाजमा जानसक्छ । इमान्दारिता र स्वस्थ्य प्रतिस्पर्धाबाट सवै कम्पनीहरुले उन्नति गर्न सक्छन् । कम्पनीहरुले आफ्नो बीमा योजना मात्र होइन, बीमाको जरुरतको बारेमा पनि विज्ञापन गर्नु आवश्यक छ । बीमा सचेतना प्रचारप्रसारमा नियमनकारी निकायको पनि भूमिका रहनु पर्दछ ।

बीमा कम्पनीहरुले नेपाली परिवेश अनुसारको बीमा योजना बनाउँनु भन्ने गुनासो छ । तपाईको बिचारमा कस्तो खालको बीमा योजना नेपालको लागि उपयुक्त हुन्छ ?

कुरा त्यसो होइन । अहिले जीवन बीमाको विविध प्रकारका योजनाहरु बजारमा आइसकेका छन् । बजारको माग अनुसार कम्पनीले बीमा योजना ल्याउँदै जाने हो । सवै ग्राहकहरुको एउटै छनौट हुन्न । उमेर, आम्दानीको श्रोत र उसको इच्छा अनुसार बीमाको योजना लिने गरिन्छ । एलआईसी नेपालमा सवै तह र तप्काका व्यक्तिहरुका लागि उपयोगी योजनाहरु छन् । हामी सँग बालबच्चाको योजना नै ४ किसिमका छन् । अन्यका लागि आजीवन बीमा, सावधिक बीमा, धनफिर्ता योजना र पेन्सन योजनाहरु लोकप्रियरुपमा विक्री भैरहेका छन् ।

जीवन बीमा कम्पनीहरुले अभिकर्ताहरुलाई अनावश्यक सेवा सुविधा दिएको भन्दै बीमा समितिले कडाई गर्दै आएको छ । समितिको यो निर्णय कत्तिको उपयुक्त ठान्नुहुन्छ ?

कुनै प्रकारको विकृति देखिएमा त्यसको निराकरण गर्नु नियमनकारी निकायको कार्य नै हो । वास्तवमा अभिकर्ताहरु भनेका जीवन बीमा कम्पनीको मेरुदण्ड नै हुन् । अभिकर्ताहरुले कम्पनीको बीमा योजनाहरुलाई ग्राहकहरुको घरदैलोमा गएर वताउने र विक्री गर्ने काम गर्दछन् । यो काम त्यति सहज छैन । अभिकर्ताहरुलाई काममा लगाउन नियमनकारी निकायले दिएको अधिकारभित्र रहेर प्रोत्सहान त गर्नै पर्छ । कुनै कम्पनीले नियमबाहिर गएर काम गरेका छन् भने त त्यसलाई रोक्नु जरुरी छ ।

जनसंख्या र बीमा कम्पनीलाई तुलना गर्दा भारतमा भन्दा नेपालमा अधिक बीमा कम्पनीहरु छन् । यसको प्रभाव बजारमा कस्तो रहला ?

वास्तवमा यो कुरा सही हो । भारतको क्षेत्रफल र जनसंख्या नेपालको भन्दा ठुलो छ । हाल भारतको जनसंख्या १ अर्ब ४० करोडको हाराहारीमा छ । यो हेर्दा तुलनात्मकरुपमा नेपालमा बढी भएको जस्तो देखिन्छ । सरकारी तवरबाट कम्पनी स्थापनाको स्वीकृति प्रदान गरिनुको अर्थ बीमाको पहु“च अधिक नागरिकहरुमा पुगोस् भन्ने हुन सक्छ । धेरै कम्पनीहरु बजारमा हु“दा सकरात्मक र नकरात्मक दुबै प्रकारका प्रभाव हुन सक्छन् । कम्पनीहरुले सकरात्मक प्रभाव दिने कामहरु गर्नु पर्दछ । नकरात्मक सोच र विचार लिएर अगाडि जाने कम्पनीहरुको दीर्घकालिन स्थायित्व रहन सक्दैन । कम्पनी सफल बन्न ग्राहकको विश्वास जित्न सक्नु पर्छ । विश्वास जित्न निकै लामो समय कम्पनीले राम्रो कार्य गर्न सक्नु पर्छ ।

नेपालमा जीवन बीमा कम्पनीको संख्या दोब्बरले बढेको छ । कम्पनीहरु बीच प्रतिस्पर्धा पनि बढ्दै गएको छ । यस्तो अवस्थामा एलआईसीको बृद्धिलाई कायम गर्न के गर्ने योजनामा हुनुहुन्छ ?

एलआईसी नेपालको प्रतिस्पर्धा आफैस“ग हुन्छ । हाम्रो कम्पनीले स्थापनाकाल देखि नै व्यवसायमा निरन्तरकोे बृद्धि हासिल गरिरहेको छ । हामीहरु अर्को जीवन बीमा कम्पनीलाई तल झार्नु पर्छ भन्ने मान्यता कहिले पनि लिदैनौ । हामी हाम्रा ग्राहकहरुको सेवालाई केन्द्रविन्दुमा राखेर कार्य गर्दछौ । अहिले हामीहरुले देशभर ६१ शाखा कार्यालयमार्फत सेवा दिइरहेका छौ । निकट भविष्यमा शाखा कार्यालयको संख्या १०० पुरायाउने लक्ष्य लिएका छौ । भर्खरै हामीहरुले जीवनसाथी बीमा योजना वजारमा ल्यायौ जो ग्राहकहरुमाझ लोकप्रिय बन्न सफल भयो । अरु आकर्षक बीमा योजनाहरु पनि चाँडै वजारमा ल्याउने प्रयासमा छौ । बीमा दावीभुक्तानी कार्यलाई सरल र छिटो बनाएका छौ । कर्मचारी र अभिकर्ता प्रशिक्षणलाई हामी सधै प्राथमिकतामा राख्दछौ । हामी पारदर्शिता र संस्थागत सुशासनलाई विशेष ध्यान दिन्छौ ।

नेपालमा बीमा पहुँच बढाउँनन के गर्नु पर्ला ?

बीमा खरिद गर्न रकमको आवश्यकता पर्दछ । नागरिकहरुको आयस्रोत बढ्न आवश्यक छ । सरकारी स्तरबाट आयकर छुटको दायरालाई बढाउनु जरुरी छ । बीमाको आवश्यकता र महत्वहरु विद्यालयस्तरबाटै विद्यार्थीहरुलाई सिकाइनु पर्दछ । जीवन बीमालाई बचत गर्ने उत्कृष्ट माध्यम हो भन्ने सन्देश प्रचारप्रसार गर्नु पर्दछ । बीमालाई शहरमा मात्र केन्द्रित नगरी ग्रामीण क्षेत्रमासमेत पुराईनु पर्दछ । नियमनकारी निकायले पनि बीमाको  पहुँच बृद्धिका लागि योजनागत कार्यहरु ल्याउनु पर्दछ । न्युन आयस्रोत भएका नागरिकहरुलाई जीवन बीमाको दायरामा ल्याउन सकियो भने त्यो राम्रो उपलब्धि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS