Connect IPS
IME Life

जीवन बीमकको कुल बीमाशुल्क ९.१३ प्रतिशतले बढ्दा नेपाल लाइफको किन ४%ले मात्र बढ्यो?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जीवन बीमा क्षेत्रले चालू आर्थिक वर्षको पहिलो नौ महिनामा औसत करिब ९ प्रतिशतले कुल बीमाशुल्क आम्दानी बढ्दा नेपाल लाइफ सहित ६ वटा बीमकको कार्य सम्पादन औसतभन्दा पनि तल झरेको छ । बीमा समितिले प्रकाशन गरेको आवधिक तथ्यांक अनुसार कूल बीमाशुल्क आर्जनको आधारमा गत आर्थिक वर्ष २०७७/७८ को चैत्र मसान्तको तुलनामा चालू आर्थिक वर्ष २०७८/७९ को चैत्र मसान्तसम्ममा कुल बीमाशुल्क आम्दानी ९.१३ प्रतिशतले वृद्धि भएको छ ।

कूल बीमाशुल्क आम्दानीको हिसाबले सबैभन्दा ठूलो हिस्सा ओगटेको नेपाल लाइफले बीमाशुल्क आम्दानी जम्मा ३.९१ प्रतिशतले बढाएको छ । अर्को ठूलो जीवन बीमक एलआइसी नेपालको कुल बीमाशुल्क आम्दानी गत आर्थिक वर्षको चैत्र मसान्तको तुलनामा ८.८१ प्रतिशतले गिरावट आएको छ ।

Prabhu
Crest

बैंक तथा वित्तीय संस्थाहरुमा देखा परेको लगानी योग्य तरलताको अभावको प्रत्यक्ष असर जीवन बीमा व्यवसायमा समेत देखा परेको हो । औसत २० प्रतिशतको हाराहारी बीमाशुल्क आम्दानी बढाउँदै आएका जीवन बीमकलाई चालू आर्थिक वर्ष चुनौतीपूर्ण देखिएको छ । प्रथम बीमाशुल्क आम्दानी बढाउन सकस भएपछि अधिकांश जीवन बीमकले पुराना बीमितबाट नविकरण बीमाशुल्क उठाएर आम्दानी बढाउने रणनीति अपनाएका छन् ।
यसै रणनीति अनुसार बीमितलाई बीमाशुल्क भुक्तानी गर्नको लागी सबै माध्यमबाट अनुरोध गर्ने, व्यतित बीमालेखको नविकरणमा शत प्रतिशतसम्म ब्याज छुट दिने सुविधाको घोषणा गरेका छन् । साथै मोबाइल बैंकिङ तथा अन्य विद्युतीय माध्यमबाट बीमाशुल्क भुक्तानी गर्दा निश्चित प्रतिशतसम्म बीमाशुल्कमा छुट समेत प्रदान गरिरहेका छन् ।

बीमा समितिका अनुसार तेश्रो त्रैमासको कार्यसम्पादनका आधारमा गुराँस लाइफ इन्स्योरेन्सको बीमाशुल्क आम्दानी सबैभन्दा खस्किएको छ । गत आर्थिक वर्षको चैत्रसम्ममा ३ अर्ब ५ करोड रुपैयाँ कूल बीमाशुल्क आम्दानी गरेकोमा गत चैत्रसम्ममा खस्किएर २ अर्ब ३३ करोड रुपैयाँमा सीमित हुन पुगेको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा
२३.५० प्रतिशतले न्यून हो ।

विदेशी लगानीको मेट लाईफ(अमेरिकन लाइफ इन्स्योरेन्स)को बीमाशुल्क आम्दानी सबैभन्दा सानो अंकले बढेको छ । यसले जम्मा शुन्य दशमलव १ प्रतिशतले बीमाशुल्क आम्दानी वृद्धि गर्न सकेको छ ।

कान्छो जीवन बीमकको रुपमा रहेको महालक्ष्मी लाईफ इन्स्योरेन्सले ५९ प्रतिशतले कूल बीमाशुल्क आम्दानी वृद्धि गर्न सफलता पाएको छ ।
वैदेशिक रोजगारीमा जाने श्रमिकको लागी जारी गरिने वैदेशिक रोजगार म्यादी बीमामा निर्भर रहेको सन नेपाल लाइफको कुल बीमाशुल्क आम्दानी जीवन बीमा कम्पनीहरुमध्येकै सर्वाधिक ८० प्रतिशतले वृद्धि भएको छ । सन नेपालले चालू आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा ३ अर्ब ३ करोड रुपैयाँ कूल बीमाशुल्क आम्दानी गरेको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सको समग्र बीमशुल्क आम्दानी ५३.७५ प्रतिशतले बढेर ३ अर्ब ९० करोड रुपैयाँ पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS