Connect IPS
IME Life

एकै दिन ७ अर्बले बढ्यो निक्षेप ! कर्जा भने स्थीर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्याङ्क अनुसार बैंकहरुमा एकै दिन ७ अर्बले निक्षेप बढेको छ । वैशाख १२ गते बैंकहरुमा ४९ खर्ब २५ अर्ब निक्षेप रहेकोमा वैशाख १३ गते ४९ खर्ब ३२ अर्ब निक्षेप संकलन भएको छ।

वाणिज्य बैंकमा वैशाख १३ गते आक्रामक निक्षेप संकलन भएको छ । १२ गते वाणिज्य बैंकहरुमा ४३ खर्ब ५२ अर्ब निक्षेप रहेकोमा १३ गते  ४३ खर्ब  ५९ अर्ब निक्षेप रहेको छ।

Prabhu
Crest

बैंकहरुले प्रवाह गर्ने कर्जा भने एकै दिनमा १ अर्बले घटेको छ। बैंकहरुले बैशाख १२ गते सम्म ४७ खर्ब २३ अर्ब कर्जा प्रवाह गरेकोमा १३ गते ४७ खर्ब २२ अर्ब कर्जा प्रवाह भएको तथ्यांकले देखाँउछ ।

वाणिज्य बैंकहरुको सिडी रेसियोमा पनि केही सुधार देखिएको छ । वैशाख १२ गते ९० दशमवल ९२ प्रतिशत रहेको सो अनुपात वैशाख १३ गते ९० दशमवल ७७ प्रतिशत पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS