काठमाडौं । नेपाल सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो कुराको जानकारी दिएका छन् ।
मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बुधबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता कार्कीले शनिबार र आइतबार दुई दिन सार्वजनिक दिने निर्णय भएको जानकारी दिएका हुन् ।
उनका अनुसार आगामी जेठ १ गतेदेखि लागू हुने गरी बिहान साढे ८ बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय भएको छ । सरकारले तत्काल परिक्षणका रुपमा विदा दिने जनाएको छ । यसको प्रभाकारितालाई हेरेर बाँकी निर्णय हुने सरकारको योजना छ ।
पेट्रोलियम पदार्थको बढ्दो खपतलाई कम गर्ने उद्देश्यले यो निर्णय सार्वजनिक गरिएको हो ।