काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले ४५ हजार ९९१ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले उक्त शेयर संस्थापक शेयरधनीहरुसँगै अन्य जो कोही व्यक्ति तथा संस्थाहरुले समेत खरीद गर्न पाउने गरी आजदेखि विक्रीमा ल्याएको हो ।
शेयरको मूल्य प्रतिकित्ता १८५ रुपैयाँ तोकिएको छ । ईच्छुक खरीदकर्ताहरुले वैशाख २२ गते कार्यालय समयभित्र एनआईसी एशिया क्यापिटल लिमिटेडको कार्यालय बबरमहल, काठमाडौंमा आवेदन पेश गर्नु पर्नेछ ।
आवेदकहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने व्यवस्था छ । शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम एक हजार कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ ।