काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले ७० प्रतिशत हकप्रद शेयर निष्काशन प्रयोजनका लागि बैशाख २१ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा बैशाख २० गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले १० बराबर ७ को अनुपातमा प्रतिशेयर १ सय रुपैयाँ अंकित दरको ३४ करोड ५४ लाख ४७ हजार ४२८ बराबरको ३४ लाख ५४ हजार ४७४ दशमलव २८ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई उक्त बराबरको हकप्रद निष्काशनका लागि गत चैत ८ गते स्वीकृति दिएको हो ।