काठमाडौं । समृद्धि फाइनान्सको लिलामी शेयरमा परेको गोप्य शिलबन्दी बोलपत्र आज बुधवार खोलिने भएको छ । कम्पनीले चैत २९ गतेदेखि बैशाख ७ गतेसम्म ८ लाख ६७ हजार ३६६ कित्ता संस्थापक शेयर र ७३ हजार १०० कित्ता सर्वसाधारण शेयर लिलामीमा विक्री खुला गरेको थियो ।
लिलामी शेयरमा परेको गोप्य शिलबन्दी बोलपत्र आज दिउँसो ३ः३० बजे विक्री प्रबन्धकको कार्यालयमै बोलपत्र खोलिने जनाएको छ ।
कम्पनीले फागुन ८ गतेदेखि २९ गतेसम्म हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको उक्त शेयर लिलामीमा विक्री खुला गरेको हो । उक्त शेयरको विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।