IME Life New

महालक्ष्मी विकास बैंकको नेपालगंज शाखा स्थानान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालक्ष्मी विकास बैंकको नेपालगंज शाखा हाल रहेको स्थान नेपालगंज उपनगरपालिका वडा नं १२ सुर्खेत रोडबाट वडा नं ०२, पुष्पलाल चोकमा स्थानान्तरण भएको छ । उक्त शाखाको समुद्घाटन संयुक्त रुपमा नेपाल राष्ट्र बैंक, नेपालगंज शाखाका कार्यालय प्रमुख निभा श्रेष्ठ र यस बैंकका सञ्चालक दिपक रौनियरले गरेका हुन् ।

शाखाको उद्घघाटन समारोहमा स्थानीय तहका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा आएका ग्राहकहरुलाई बैंकका सञ्चालक दिपक रौनियारले कृतज्ञता ज्ञापन गरे ।

Esewa
Crest

बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले समारोहमा बैंकले गर्दै आएको विभिन्न गतिविधिहरु बारे प्रकाश पारे । उनले बैंकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आगामी दिनमा बैंकले अझै उत्कृष्ट गुणस्तरिय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

यस शाखाबाट ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS