काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्थाको कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कृष्णप्रसाद भट्टराईले पाएका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत आशनारायण चौधरीले घरयासी कारण देखाई सिइओ पदबाट राजीनामा दिएका हुन् ।
कम्पनीको बैशाख १२ गतेको सञ्चालक समितिको बैठकले कम्पनीका सहायक महाप्रबन्धक रहेका भट्टराईलाई अर्को व्यवस्था नभएसम्मका लागि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ ।