Connect IPS
IME Life

महुली लघुवित्तको नाफा १४ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ७ करोड ६३ लाख नाफा कमाएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा कम्पनीको नाफा १४ प्रतिशतले बढी हो ।

कम्पनीले गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ६ करोड ६८ लाख नाफा कमाएको थियो । चालू आर्थिक वर्षमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएको छ । गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा कम्पनीको खुद ब्याज आम्दानी ४० प्रतिशत र सञ्चालन नाफा १२ प्रतिशतले वृद्धि भएको छ ।

Prabhu
Crest

कम्पनीको चुक्ता पूँजी २८ करोड २१ लाख रहेको छ भने तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा २६ करोड ५४ लाख सञ्चित गरेको हो । यस अवधिमा कम्पनीले २ अर्ब १३ करोड ७८ लाख सापटि लिएर, १ अर्ब ५४ करोड निक्षेप संकलन गरेर ४ अर्ब २४ करोड कर्जा लगानी गरेको हो ।

चालू आथिृक वर्षमा कम्पनीको प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ०७ पैसा रहेको छ । मूल्य आम्दानी अनुपात ३७.४२ गुणा ,तरलता अनुपात ९ दशमलव ३४ प्रतिशत र प्रतिशेयर नेटवर्थ १९४ रुपैयाँ ०९ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS