Connect IPS
IME Life

आइपिओ निष्काशन र मर्जरको विशेष प्रस्ताव सहित महालक्ष्मी लाइफले डाक्यो विशेष साधारणसभा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आइपिओ निष्काशन तथा मर्जरको विशेष प्रस्ताव सहित आगामी बैशाख २५ गते विशेष साधारणसभा डाकेको छ । कम्पनीको बैशाख ८ गते बसेको सञ्चालक समितिको पूँजी बृद्धि भए बमोजिम सर्वसाधारणलाई छुट्टाएको शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ ।

कम्पनीले बीमा समितिको पूँजी बृद्धि गर्ने निर्देशन बमोजिम अधिकृत पूँजी ५ अर्ब र जारी पूँजी तीन अर्ब पुर्याउने विशेष प्रस्ताव सभामा पेश गर्नेछ । सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावली पनि संसोधन गर्नेछ ।

Prabhu
Crest

महालक्ष्मी लाइफ र अन्य कुनै जीवन बीमा कम्पनी एक आपसमा गाभ्ने गाभिन वा प्राप्ति गर्न आवस्यक भएको अवस्थामा एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्ने र सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभामा पेश गर्नेछ ।

कम्पनीले बीमा समितिको पूँजी बृद्धि योजनाको निर्देशन अनुरुप केहि पूँजी आइपिओ र बाँकी पूँजीका लागि अर्को जीवन बीमा कम्पनी सँग मर्जरमा जाने गरि प्रस्ताव गरेको छ । कम्पनीले जारी पूँजी तीन अर्ब रुपैयाँ पुर्याउने भएको छ । यो भन्नुको मतलब कम्पनीले अहिले विद्यमान शेयरधनीहरुलाई प्रतिशत प्रतिशत पूँजी थप्न लगाउने देखिन्छ । संस्थापक शेयरधनीहरुले ७० करोड रुपैयाँ पूँजी थप्ने वित्तीकै चुक्ता पूँजीको २ अर्ब १० करोड रुपैयाँ पुग्नेछ । सर्वसाधारणबाट  आइपिओ मार्फत ९० करोड रुपैयाँ संकलन गरे पछि तीन अर्ब पुग्नेछ । बाँकी नपुग दुई अर्बका लागि कम्पनीले अर्को कुनै कम्पनीलाई मर्जरका लागि आह्वान गर्ने योजना बनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS