IME Life New

राष्ट्रिय स्तरका विकास बैंकको औसत मूल्य आम्दानी अनुपात हेर्दा कुन-कुन विकास बैंक अण्डर भ्यालूड क्षेत्रमा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमान्डौ।  नेप्सेमा सूचिकृत ८ राष्ट्रिय स्तरका विकास बैंकहरुको औसत मूल्य आम्दानी अनुपात २० गुणा भन्दा तल झरेको छ । वैशाख ८ गतेको बजार मूल्य र कम्पनीको तेश्रो त्रैमासको वित्तीय विवरण अनुसारको प्रति शेयर आम्दानीको आधारमा  सो तथ्याङ्क देखिएको  हो ।

८ विकास बैंक मध्ये प्रति शेयर आम्दानी मुक्तिनाथ विकास बैंकको सर्वाधिक छ । बैंकको प्रति शेयर आम्दानी २४ रुपैयाँ ०६ पैसा छ।  त्यस्तै दोश्रोमा महालक्ष्मी विकास बैंकको प्रति शेयर आम्दानी २३ रुपैयाँ ७४ पैसा छ । राष्ट्रिय स्तरका विकास बैंकहरुको औसत प्रति शेयर आम्दानी भने २० रुपैयाँ ४७ पैसा छ।

Esewa
Crest

त्यस्तै मूल्य आम्दानी अनुपातको आधारमा महालक्ष्मी विकास बैंकको मूल्य आम्दानी अनुपात निकै कम छ।  उक्त विकास बैंकको मूल्य आम्दानी अनुपात १७ दशमवल ०१ गुणा रहेको छ भने दोश्रोमा गरिमा विकास बैंकको मूल्य आम्दानी अनुपात १७ दशमवल ५५ गुणा रहेको छ ।  राष्ट्रिय स्तरका ८ विकास बैंकको औसत मूल्य आम्दानी अनुपात १९ दशमलव ६६ गुणा रहेको छ। सबै भन्दा धेरै मूल्य आम्दानी अनुपात ज्योति विकास बैंकको २२ दशमवल २८ गुणा रहेको छ।

कम्पनीको शेयरको बजार मूल्य र प्रतिशेयर आम्दानीबीचको अनुपात प्राइस टु अर्निङ (पिई) रेसियो अथवा मूल्य आम्दानी अनुपात  हो । यो अनुपात कम (१० भन्दा कम) भएका शेयर शंकास्पद हुन्छन, १० देखि २० सम्मका तुलनात्मक रुपमा सुरक्षित हुन्छन, २० भन्दा माथिका जोखिमयुक्त हुन्छन् । शंकास्पद भन्नुको अर्थ कम पिइ रेसियो हुनुमा लगानीकर्ताहरुले पहिचान नगरेकाले बजार मूल्य कम हुँदा पिई पनि कम हुन्छ भने अर्कोतिर कम्पनीले नाफा नै कम गरेकोले इपिएस कम भई पिइ पनि न्युन हुन सक्छ । त्यस्तै कम्पनीले आर्जन गरेको खुद नाफालाई कम्पनीको कुल शेयर संख्याले भाग गर्दा प्रतिशेयर आम्दानी  प्राप्त हुन्छ । प्रतिशेयर आम्दानी शेयरको मूल्य मूल्यांकन मापन गर्ने एक महत्त्वपूर्ण आधार हो । प्रति शेयर आम्दानी उच्च भएकोलाई असल मानिन्छ भने कम भएकालाई कमसल मानिन्छ।

बैशाख ८ गतेको बजार मुल्यको आधारमा मूल्य आम्दानी अनुपात गणना गरिएको छ। 

नोट : उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण बाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS