Connect IPS
IME Life

क्यापिटल प्लान पेश गर्ने भोलि अन्तिम दिन, अधिकांशको पहिलो योजना हकप्रद दोस्रोमा मात्रै मर्जर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा कम्पनीहरुले भोलिसम्ममा पूँजी बृद्धि योजना पेश गर्नु पर्नेछ । बीमा समितिका अनुसार अधिकांश बीमा कम्पनीले क्यापिटल प्लान पेश गरिसकेका छन् । तीन चार वटा बीमा कम्पनीले मर्जरको प्रस्ताव पेश गरेता पनि उनिहरुको पहिलो प्राथमिकता हकप्रद निष्काशन रहेको समितिका एक अधिकारीले जानकारी दिए ।

सम्पुर्ण बीमा कम्पनीले पहिलो योजनामा जगेडा कोषमा भएको रकमबाट बोनस शेयर दिने र नपुग पूँजी हकप्रद शेयर निष्काशन गर्ने योजना पेश गरेका छन् । यदि पहिलो योजनाबाट पूँजी जुटाउन गाह्रो पर्यो भने उनिहरुले दोस्रो योजनामा मर्जरमा जान सकिने उल्लेख गरेका छन् । दुई तीन वटा बाहेक सम्पुर्णले हकप्रदकै प्रस्ताव पेश गरेको समितिले जनाएको छ ।

Prabhu
Crest

बीमा समितिले गत चैत १० गते जीवन बीमा कम्पनीहरुको न्युनतम चुक्ता पूँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको साढे २ अर्ब रुपैयाँ पुर्याउने निर्णय गरेको थियो । उक्त पूँजी के कसरी जुटाउने हो एक महिना भित्रमा क्यापिटल प्लान पेश गर्न समितिले निर्देशन दिएको थियो ।

समितिले दिएको निर्देशनको अवधि भोलिदेखि सकिदैछ । समितिले कम्पनीहरुले पेश गरेको क्यापिटल प्लानका आधारमा के कसरी अगाडी बढ्ने निर्णय गर्ने कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । उनले भने ‘भोलिसम्म बीमा कम्पनीहरुलाई क्यापिटल प्लान बुझाउने म्याद नै बाँकी छ । सबै बीमा कम्पनीहरुले दिएको क्यापिटल प्लान हेरेर मात्रै के कस्तो निर्देशन दिने भन्ने कुराको निर्णय हुनेछ ।’

हाल बजारमा २० वटा निर्जीवन र १९ वटा जीवन बीमा कम्पनी छन् । उनिहरु मध्ये नेपाल लाइफको मात्रै निर्धारित पूँजी भन्दा धेरै छ । त्यस्तै शिखरको केहि मात्रै पुग्दैन । नेशनल लाइफलाई पनि धेरै पूँजी आवस्यक छैन । बाँकी कम्पनीहरुलाई पूँजी जुटाउन धेरै सकस छ ।

केहि बीमा कम्पनीहरुले आन्तरिक रुपमा जोडि पनि खोज्न थालिसकेका छन् । चुक्ता पूँजी बराबर पनि व्यवसाय नभएका बीमा कम्पनीहरु पूँजी थपेर जाने भन्दा पनि अर्को उपयुक्त कम्पनी खोजि गर्ने योजनामा छन् । तर अधिकाम्स बीमा कम्पनीका लगानीकर्ताहरु आफ्नो अस्तित्व मेटान सहमत छैनन् । अर्को तर्फ आफ्न समुहमा अर्को समुहलाई भित्र्याउने पक्षमा पनि छैनन् ।

कतिपय बीमा कम्पनीहरु भने मर्जरमा नजाने तर हकप्रद मार्फत नयाँ शेयरधनी भित्र्याउने रणनीतिमा छन् । अहिले हकप्रद शेयर निष्काशन गर्ने । यसरी हकप्रद शेयर निष्काशन गर्दा पूँजी थप्न नसक्नेको ठाउँमा अर्को शेयरधनीहरुलाई भित्र्याउने दाउमा उनिहरु छन् । जसरी हुन्छ उनिहरु आफ्नो कम्पनीको अस्तित्व मेटाउने पक्षमा छैनन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS