Connect IPS
IME Life

१६ बीमा कम्पनीले घोषणा गरे बोनसदर, कुनका बीमितले कति पाउँछन् बोनस ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आर्थिक वर्ष २०७६/७७ को लागि १६ जीवन बीमा कम्पनीहरुले २०७६/ ७७ को बोनसदर घोषणा गरेका छन् । नयाँ बोनसदर घोषणा गर्ने कम्पनीहरुमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी, रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी, मेट लाइफ इन्स्योरेन्स कम्पनी, महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी, प्रभु लाइफ, एशियन लाइफ, सूर्या लाइफ, नेशनल लाइफ, सिटिजन लाइफ, रिलायबल नेपाल लाइफ, सानिमा लाइफ,नेपाल लाइफ,आइएमई लाइफ, सन नेपाल लाइफ र एलआइसी नेपाल रहेका छन् । बीमा समितिले एक्चुअरी भ्यालुएसन स्वीकृत गरेसँगै यी कम्पनीहरुले नयाँ बोनसदर घोषणा गरेका हुन् ।

अब ३ वटा जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७६/७७ को नयाँ बोनसदर घोषणा गर्न बाँकि रहेको छ । अब गुराँस लाइफ इन्स्योरेन्स कम्पनी, राष्ट्रिय बीमा संस्थान र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् ।

Prabhu
Crest

हरेक वर्ष कम्पनीको एक्चुरियल भ्यालुएसपछि घोषणा गरेको बोनसदरले सोहि वर्षमा बीमितले भुक्तानी गरेको प्रिमियमका आधारमा बोनस पाउँछन् । कम्पनीहरुको आर्थिक वर्ष २०७६/२०७७ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बिमाङ्कीय प्रतिवेदन बीमा समितिबाट पारित भएसँगै कम्पनीहरुले जारी गरेका विभिन्न किसिमका बीमा योजनाहरुमा उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेका हुन् ।

कुन कम्पनीको बोनसदर कति ?
ज्योति लाइफ
ज्योति लाइफले सावधिक जीवन बीमालेखमा ९ वर्षसम्म, २५ वर्ष वा सोभन्दा माथि अवधिको लागि न्युनतम ४३ रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस दिनेछ । कम्पनीले सावाधिक तथा आजीवन बीमालेखको हकमा पनि ९ वर्षसम्म,२५ वा सोभन्दा माथि अनधिको लागि न्युनतम ४३ रुपैयाँदेखि ७५ रुपैयाँसम्म तथा अग्रिम भुक्तानी बीमालेखमा अधिकतम ५० रुपैयाँ बोनस दिने भएको छ ।

 प्राइम लाइफ
प्राइम लाइफले जारी गरेको विभिन्न पोलिसीमा न्युनतम ३५ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । सावधिक जीवन बीमालेखमा ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३५ रुपैयाँ निर्धारण गरेको छ । १० देखि १४ वर्ष अवधिदेखि २५ वर्ष वा सोभन्दामाथि अवधिकोे लागि न्युनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँ बोनसदर कायम गरेकोे छ ।

सावाधिक तथा आजीवन बीमालेखमा ९ वर्ष अवधिदेखि तथा २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रति हजार न्युनतम ३६ रुपैयाँ, अधिकतम ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा १० वर्ष देखि २५ वर्ष अवधिभन्दा माथिको लागि कम्पनीले प्रति हजार न्युनतम ४० रुपैयाँ, अधिकतम ७० रुपैयाँ बोनसदर कायम गरेको छ ।

त्यस्तै, प्राइम जीवन उपहार (अग्रिम भुक्तानी तथा सावाधिक) जीवन बीमा योजना र अन्य म्यादी जीवन बीमा योजनामा कम्पनीले एउटै बोनसदर ९३२ंं ४००७२ रुपैयाँ कायम गरेको छ ।

महालक्ष्मी लाइफ इन्स्योरेन्स
महालक्ष्मी लाइफले प्रतिहजार न्युनतम रुपैयाँ ४० देखि ५२ रुपैयाँसम्म घोषणा गरेको हो । कम्पनीले महालक्ष्मी सावधिक जीवन बीमालेखमा ५ देखि १५ वर्ष सम्म अवधिको लागि ५० रुपैयाँ, १६ देखि २५ वर्ष अवधिको लागि ५१ रुपैयाँ , २६ देखि ३० वर्ष अवधिको लागि ५२ रुपैयाँ बोनसदर कायम गरेको छ ।

महालक्ष्मी सरल जीवन बीमा योजनामा ५ देखि १५ वर्षसम्म अवधिको लागि ५० रुपैयाँ, १६ देखि २५ वर्ष अवधिको ५१ रुपैयाँ बोनसदर तोकेको छ । त्यस्तै, महालक्ष्मी जीवन हेरचाह बीमा योजनामा ५ देखि १५ वर्ष अवधिको लागि ५० रुपैयाँ , १६ देखि २५ वर्ष अवधिको बीमालेखमा ५१ रुपैयाँ बोनसदर तोकेको कम्पनीले जनाएको छ ।

त्यसैगरी कम्पनीले महालक्ष्मी वार्षिक धनफिर्ता बीमा योजनामा कम्पनीले सबै अवधिको लागि एउटै बोनसदर कायम गरेको छ । जसमा बीमितहरुले ४० रुपैयाँ बोनस पाउनेछन् । त्यस्तै, महालक्ष्मी सावाधिक आजीवन बीमा योजनमा पनि कम्पनीले सबै बीमा अवधिको लागि एउटै बोनसदर ५० रुपैयाँ कायम गरेको बताएको छ ।

रिलायन्स लाइफ
रिलायन्स लाइफले जारी गरेका ६ किसिमका बीमा योजनाहरुमा न्युनतम १९ रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । सबैभन्दा धेरै सावधिक तथा आजीवन बीमा योजना खरिद गरेका बीमितले अधिकतम ६० रुपैयाँसम्म प्राप्त गर्ने भएका छन् ।

कम्पनीले सर्वाधिक बीमालेखमा न्यूनतम ३० देखि अधिकतम ६०, सावाधिक तथा आजीवन बीमा योजनामा ३० रुपैयाँदेखि ४५ रुपैयाँसम्म बोनसदर पाउनेछन् । त्यस्तै, कम्पनीले अग्रीम भुक्तानीमा ४१ देखि ४५ रुपैयाँ सम्म, बार्षिक अग्रीम भुक्तानी, मुद्धती नियमित शुल्कमा २४ रुपैयाँ र बार्षिक अग्रीम भुक्तानी मुद्धती एकल बीमा शुल्कमा ५४ रुपैयाँ र सबैभन्दा कम सामूहिक बीमा योजनमा १९ रुपैयाँ बोनसदर निधारण गरेको छ । सामूहिक बीमा योजनको हकमा भने कमपनीले सबै अवधिका पोलिसी खरिद कर्ताको बोनसदर समान निर्धारण गरेको छ ।

मेट लाइफ इन्स्योरेन्स कम्पनी
मेट लाइफको सावधिक जीवन बीमालेख )इन्डोमेन्ट प्लान)मा १ देखि २१ वर्ष अवधि वा सोभन्दा माथि अवधिकोे लागि प्रति हजार न्युनतम ६० रुपैयाँ र अधिकतम ८० रुपैयाँ बोनसदर कायम गरेकोे छ ।

सावाधिक जीवन बीमालेख (एजुकेशन प्रोटेशन प्लान)मा १ देखि २१ वर्ष अवधि वा सोभन्दा माथिको लागि प्रति हजार न्युनतम ६० रुपैयाँ, अधिकतम ८० रुपैयाँ बोनसदर कायम गरेकोे छ । अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा १ देखि २१ वर्ष अवधि वा सोभन्दा माथिको लागि प्रति हजार न्युनतम ४५ रुपैयाँ, अधिकतम ६५ रुपैयाँ बोनसदर कायम गरेकोे छ ।

एशियन लाइफ
एशियन लाइफले सावाधिक तथा आजीवन बीमालेखमा ० देखि १४ वर्ष, २५ वा सोभन्दा माथि अवधिको लागि न्युनतम ५० रुपैयाँ र अधिकतम ७५ रुपैयाँ बोनस दिनेछ । बालबालिका सावाधिक जीवन बीमालेखमा ० देखि १४ वर्ष, २५ वा सोभन्दा माथि अवधिको लागि न्युनतम ३८ रुपैयाँ, अधिकतम ६० रुपैयाँ, सावाधिक नीवन बीमालेखमा ० देखि १४ वर्ष, २५ वा सोभन्दा माथि अवधिको लागि न्युनतम ३५ रुपैयाँ, अधिकतम ६० रुपैयाँ बोनस दिने भएको छ ।

त्यस्तै, अग्रिम भुक्तानी सावाधिक जीवन बीमालेखमा १० वर्षेदेखि २५ वर्षै अवधिको लागि न्युनतम ४४ रुपैयाँ तथा अधिकतम ७० रुपैयाँ र नव रत्न जीवन संजीवनी दम्पत्ति सुरक्षा प्लस एशियन वार्षिक धनलाभ बीमा योजनमा ० देखि १४ वर्ष, २५ वा सोभन्दा माथि अवधिको लागि न्युनतम ३२ रुपैयाँ र अधिकतम ५८ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

सूर्या लाइफ
सूर्या लाइफले अग्रिम भुक्तानी सावाधिक जीवन बीमालेखमा १० वर्षदेखि २९ वर्षसम्मको अवधिका लागि न्युनतम ४५ रुपैयाँ र अधिकतम ६३ रुपैयाँ,सावाधिक जीवन बीमालेखमा ० देखि ९ वर्ष र ३० वर्ष वा सोभन्दा माथि अवधिको लागि न्युनतम ३८ रुपैयाँ, अधिकतम ७३ रुपैयाँ बोनस दिने भएको छ । साथै, सावाधिक तथा आजीवन बीमालेखमा ० देखि ९ वर्ष तथा ३० वर्ष वा सोभन्दा माथि अवधिको लागि न्युनतम ३८ रुपैयाँ, अधिकतम ७३ रुपैयाँ बोनसदर निर्घारण गरेको छ ।

 नेशनल लाइफ इन्स्योरेन्स कम्पनी
नेशनल लाइफले सावाधिक तथा आजीवन बीमालेखमा ० देखि ९ वर्ष अवधि तथा ३० वर्ष वा सोभन्दा माथि अवधिको लागि न्युनतम ६४ रुपैयाँ र अधिकतम ८५ रुपैयाँ बोनस दिनेछ । सावाधिक तथा आजीवन बीमालेखमा ० देखि ९ वर्ष अवधि तथा २० वा सोभन्दा माथि अवधिको लागि न्युनतम ६४ रुपैयाँ र अधिकतम ६५ रुपैयाँ बोनस दिनेछ । साथै, अग्रिम भुक्रानी सावाधिक जीवन बीमालेखमा ० देखि ९ वर्ष अवधि तथा २० वा सोभन्दा माथि अवधिको लागि न्युनतम ६३ रुपैयाँ र अधिकतम ६४ रुपैयाँ बोनस दिनेछ ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी
सिटिजन लाइफले अग्रिम भुक्तानी सावाधिक जीवन बीमालेखमा १० वर्षदेखि २४ वर्ष अवधिसम्मको लागि न्युनतम ४४ रुपैयाँ र अधिकतम ५५ रुपैयाँ बोनस दिनेछ । सावाधिक तथा आजीवन बीमालेखमा ० देखि ९ वर्ष तथा ३० वर्ष वा सोभन्दा माथि अवधिको लागि न्युनतम ३८ रुपैयाँ र अधिकतम ७३ रुपैयाँ बोनस दिनेछ । सिटिजन शुभारम्भ योजनमा कम्पनीले ० देखि ९ वर्ष तथा ३० वर्ष वा सोभन्दा माथि अवधिको लागि न्युनतम ३५ रुपैयाँ र अधिकतम ७० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

त्यस्तै, वार्षिक अग्रिम भुक्तानी सावाधिक बीमालेखमा ० देखि ९ वर्ष तथा २० वर्ष वा सोभन्दा माथि अवधिको लागि न्युनतम २५ रुपैयाँ र अधिकतम ३५ रुपैयाँ र सावाधिक तथा आजीवन बीमालेखको हकमा ० देखि ९ वर्ष तथा ३० वर्ष वा सोभन्दा माथि अवधिको लागि न्युनतम ३७ रुपैयान् तथा अधिकतम ७० रुपैयाँ बोनस दिने घोषणा गरेको छ ।

प्रभु लाइफ
प्रभु लाइफले सावाधिक जीवन बीमालेखमा ० देखि ९ वर्ष तथा २५ वर्ष वा सोभन्दा माथि अवधिको लागि न्युनतम ३३ रुपैयाँ र अधिकतम ७० रुपैयाँ बोनसदर निर्धारण गरेको छ । त्यस्तै, सावाधिक तथा आजीवन बीमालेखमा ० देखि ९ वर्ष तथा २५ वर्ष वा सोभन्दा माथि अवधिको लागि न्युनतम ३५ रुपैयाँ र अधिकतम ७० रुपैयाँ तथा अग्रिम भुक्तानी सावाधिक जीवन बीमालेखमा १० वर्षदेखि २४ वर्ष अवधिको लागि न्युनतम ३५ रुपैयाँ तथा अधिकतम ५१ रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ ।

एलआइसी नेपाल
एलआइसी नेपालले जारी गरिएका बीमालेखहरुमा दिने बोनस दर प्रतिहजार न्युनतम ४५ रुपैयाँदेखि ७० रुपैयाँसम्म घोषणा गरेको छ । सावाधिक(३३३),जीवन बीद्या(३५२),जीवन साथी (३५७) बीमा योजनामा प्रतिहजार न्युनतम ५४ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनश दिने भएको छ ।

जीवन आनन्द(३४२) बीमा योजनामा कम्पनीले प्रति हजार ५५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनस दिने भएको छ । बाल सावाधिक(३४९) बीमा योजनामा कम्पनीले प्रतिहजार ५५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनस दिने भएको छ । धन बृष्टि(३५८) बीमा योजनामा कम्पनीले १० र १५ वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ बोनस दिने भएको छ ।

त्यस्तै, धन फिर्ता(३३४,३३५,३३६,३३७,३३९,३४३) बीमा योजनामा कम्पनीले १५ वर्ष अवधिको लागि प्रतिहजार ५६ रुपैयाँ, २० वर्ष अवधिको लागि प्रतिहजार ५७ रुपैयाँ र २५ वर्ष अवधिको लागि प्रतिहजार ६० रुपैयाँ बोनसदर घोषणा गरेको छ ।

बाल ममता(३४०) र बाल स्नेह(३४१) बीमा योजनामा कम्पनीले न्युनतम ५५ रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ । जीवन तरग(३४५) बीमा योजनामा कम्पनीले प्रतिहजार ५६ रुपैयाँदेखि प्रतिहजार ६७ रुपैयाँ बोनदर दिने घोषणा गरेको छ ।
त्यस्तै, जीवन बचत(३५९) बीमा योजनामा कम्पनीले न्युनतम प्रतिहजार ४५ रुपैयाँदेखि ६६ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ ।

रिलायबल नेपाल लाइफ
कम्पनीले १३ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ । रिलायबल सावधिक जीवन बीमा योजनामा न्युनतम प्रतिहजार न्युनतम ५० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ । रिलायबल लघु सावधिक जीवन बीमा योजनामा कम्पनीले सबै बीमा अवधिको लागि ३० रुपैयाँ बोनसदर कामय गरेको छ । बीमा सिमित लघु सावधिक जीवन बीमा योजनामा कम्पनीले सबै बीमा अवधिको लागि ३० रुपैयाँ बोनसदर कायम गरेको छ ।

त्यस्तै, रिलायबल सजिलो जीवन बीमा(एकल तथा सिमित अवधि भुक्तानी) मा कम्पनीको सबै बीमा अवधिहरुको लागि १३ रुपैयाँ बोनसदर कायम गरेको छ । रिलायबल सुलभ जीवन बीमालेखमा न्युनतम २० रुपैयाँदेखि ३७ रुपैयाँ ५ पैसा कायम भएको छ ।

त्यस्तै, रिलायबल उच्च शिक्षा योजना(बाल बच्चाको सावाधिक बीमालेख) को हकमा न्युनतम प्रति हजार ६० रुपैयाँ ६५ रुपैयाँ बोनसदर कायम भएको छ । सावाधिक तथा आजीवन बीमा योजनामा सबै बीमा अवधिहरुमा ३० रुपैयाँ बोनसदर कायम भएको छ । रिलायबल अग्रिम भुक्तानी सावाधिक बीमा योजनाको हकमा १०,१२ र १४ वर्षसम्म अवधिको लागि प्रति हजार ५० रुपैयाँ, १६,१८ र २० वर्ष अवधिको लागि प्रति हजार ५५ रुपैयाँ बोनसदर कायम भएको छ ।

सानिमा लाइफ
सावधिक जीवन बीमा योजना खरिदकर्ताले न्युनतम प्रति हजार ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँ पाउने छन् । एकल बीमा शुल्क भुक्तानी गर्न मिल्ने सावधिक जीवन बीमा योजना खरिदकर्ताले पनि न्युनतम प्रतिहजार ३५ रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म पाउने छन् । कम्पनीको त्रिपल सावधि बीमा योजना खरिद कर्ताले न्युनतम प्रतिहजार २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँसम्म मात्रै पाउनेछन् ।

त्यस्तै, साविधिक तथा आजीवन बीमा योजना खरिद कर्ताले न्युनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म पाउने छन् ।

नेपाल लाइफ
कम्पनीले न्युनतम ५६ रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । सावधिक(सुरक्षित जीवन, जीवन ज्योति, ग्रामिण सावधिक, केटाकेटी, बाल शिक्षा योजना, जीवन लक्ष्मी र जीवन साथी) बीमालेखमा कम्पनीले न्युनतम प्रतिहजार ६० रुपैयाँदेखि ८२ रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ ।

सावाधिक तथा आजीवन(जीवन साहारामा कम्पनीले न्युनतम प्रतिहजार ६० रुपैयाँदेखि ८२ रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ । अग्रिम भुक्तानी ९जीवन समृद्धि० बीमा योजनामा १५ वर्षे अवधिको लागि बीमितले प्रतिहजार ५६ रुपैयाँ बोनसर पाउनेछन् । त्यस्तै, २० वर्षे अवधिको लागि ५८ रुपैयाँ बोनस पाउनेछन् ।

अग्रिम भुक्तानी सावधिक(धन वर्षा १५, धन वर्षा २०, नौलो जीवन समृद्धि, जीवन उन्नती, नौलो धन वर्षा,जीवन शान्ति,छोराछोरी र सदाबहार जीवन बीमा योजनामा कम्पनीले ६० रुपैयाँ एकै किसिमको बोनसदर दिने घोषणा गरेको छ ।

आइएमई लाइफ
कम्पनीले न्युनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर निर्धाण गरेको छ । सावधिक जीवन बीमालेखमा न्युनतम प्रतिहजार ३० रुपैयाँदेखि ७० रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ । सावधिक अग्रिम भुक्तानी तथा आजीवन बीमालेखको हकमा कम्पनीले न्युनतम ३० रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर कामय गरेको छ । अग्रिम भुक्तानी तथा सावधिक जीवन बीमालेखमा कम्पनीले न्युनतम ३० रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर कामय गरेको छ । त्यस्तै, कम्पनीको वार्षिक अग्रिम भुक्तानी सावधिक (धन सरिता) जीवन बीमालेखको सबै अवधिमा एउटै बोनसदर कायम गरेको छ । जुन बीमालेख खरिद गर्ने बीमितले २० रुपैयाँ बोनस पाउनेछन् ।

सन नेपाल लाइफ
कम्पनीले न्युनतम १८ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धाण गरेको छ । सन लाइफ सावधिक जीवन बीमालेखमा न्युनतम प्रतिहजार ३० रुपैयाँदेखि ७५ रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ । भाग्योदय जीवन बीमालेख (एकल भुक्तानी सावाधिक) को हकमा कम्पनीले न्युनतम ३० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनसदर कामय गरेको छ । बाल समृद्ध जीवन बीमालेख (बालबालिकाको सावाधिक बीमा) को हकमा पनि कम्पनीले न्युनतम ३० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

त्यस्तै, नवीन आजीवन जीवन बीमा (सावाधिक तथा आजीवन)को हकमा पनि कम्पनीले न्युनतम ३० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । सार्थक आजीवन जीवन बीमालेख अग्रिम भुक्तानी तथा आजीवन सार्थक आजीवन जीवन बीमालेख अग्रिम भुक्तानी तथा आजीवनको हकमा कम्पनीले सबै बीमा अवधि ९१५० मा प्रति हजार ३८ रुपैयाँ बोनसदर कायम गरेको छ । सिमित अवधि भुक्तानी तथा अग्रिम भुक्तानी सावाधिक बीमा योजनाहरु(धनलक्ष्मी बीमा योजना समेत) यस बीमालेखको हकमा कम्पनीले न्युनतम २० रुपैयाँ देखि ३० रुपैयाँ बोनसदर कायम गरेको छ । धनञ्जय वार्षिक अग्रिम भुक्तानी जीवन बीमा, धनञ्जय वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजनको हकमा १८ रुपैयाँदेखि ३० रुपैयाँ बोनसदर कायम गरेको छ ।

कम्पनीहरुको अर्को बिमाङ्कीय मुल्याङकन बीमा समितिबाट स्वीकृत नभएसम्मको लागि आर्थिक वर्ष २०७६/७७को बोनसदर मुनाफामा सरिक हुने बीमालेखहरुमा, मृत्यु दाबी , पुर्ण वा आंशिक अवधि दाबी भुक्तानी, समर्पण मुल्य दाबी, चुक्ता मुल्य दाबी तथा चालु बीमालेखहरुमा यस बोनसदर कायम हुने कम्पनीहरुले जनाएका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS