काठमाडौं । आज नेप्सेमा कालिका लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको ३ लाख ५९ हजार ९४५ दशमलव १६३५ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।
कम्पनीले पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १३ प्रतिशत बोनश शेयर सूचिकृत गराएको हो । अब यस बोनश शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।