Connect IPS
IME Life

फागुन महिनासम्ममा बैंकहरुको मुनाफा ५१ अर्ब १९ करोड रुपैयाँ, कसको कति (सूचिसहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंक वित्तीय संस्थाले फागुन महिनासम्ममा ५१ अर्ब १९ करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन् । फागुन महिनासम्ममा सर्वाधिक धेरै ग्लोबल आइएमई बैंकले तीन अर्ब ४६ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । दोस्रो नम्बरमा एनआईसी एशिया बैंकले तीन अर्ब २९ करोड रुपैयाँ मुनाफा आर्जन गरेकोमा तेस्रो स्थानमा रहेको नविल बैंकले तीन अर्ब ४ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ ऽ

तीन चार वर्ष अगाडी सर्वाधिक मुनाफा गर्ने गरेको राष्ट्रिय बाणिज्य बैंक चौथो स्थानमा छ । बैंकले २ अर्ब ६५ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । त्यस्तै प्राइम कमर्सियल बैंकले २ अर्ब ५६ करोड रुपैयाँ नाफा गरेको छ भने एनएमबी बैंकले २ अर्ब २२ करोड रुपैयाँ आर्जन गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको स्थान हरेक वर्ष गिर्दो छ । बैंकले २ अर्ब १५ करोड रुपैयाँ आर्जन गरेको छ । सिद्धार्थ बैंकले दुई अर्ब ४ करोड रुपैयाँ मुनाफा आर्जन गरेकोमा नेपाल बैंकको दुई अर्ब र कृषि विकास बैंकको एक अर्ब ८० करोड रुपैयाँ छ ।

Prabhu
Crest

यस अवधिमा २७ वटा बाणिज्य बैंकहरुले मात्रै ४६ अर्ब ८६ करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन् । बाणिज्य बैंकहरु मध्ये सर्वाधिक कम सिभिल बैंकको ७३ करोड ६१ लाख रुपैयाँ रहेको छ । गएका वर्षको तुलनामा यस वर्ष सिभिलको सुधार राम्रो छ । मुक्तिनाथ विकास बैंकले सिभिललाई पनि उछिनेको छ । मुक्तिनाथले ८२ करोड ८४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

कसको कति सूचिसहित

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS