Connect IPS
IME Life

तेस्रो त्रैमासमा फर्स्ट माइक्रोफाइनान्सको नाफा ४६ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले यस अवधिसम्ममा १६ करोड ६१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ३४ लाख खुद नाफा कमाएको थियो । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा कम्पनीको नाफा ४६ दशलमव ४४ प्रतिशतले बढी हो ।

यस अवधिमा कम्पनीको वितरण योग्य मुनाफा भने ११ करोड ८२ लाख रहेको छ । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ६० दशमलव १४ प्रतिशतले बढेको छ । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३० करोड ७१ लाख रहेको छ ।

Prabhu
Crest

९६ करोड ४४ लाख चुक्ता पुँजी भएको कम्पनीको रिजर्भमा ३२ करोड ६३ करोड रहेको छ । कम्पनीको कर्जा सापटी १०.८२ प्रतिशतले बढेर ९ अर्ब ५४ करोड पुगेको छ ।

यस अवधिमा कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कर्जा प्रवाह २७ दशमलव ६७ प्रतिशतले बृद्धि गरेको छ । यस अवधिमा कम्पनीले १० अर्ब ४१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २२ रुपैयाँ ९७ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ ३३ रुपैयाँ ८४ पैसा रहेको छ भने बेस रेट १२ दशमलव ३५ प्रतिशत रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS