काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र ए टु जेट अनलाइन बजार बिच सम्झौता भएको छ । समृद्धि फाइनान्सको शाखा कार्यालय पुतलीसडकमा भएको यस सम्झौता पश्चात फाइनान्सका ग्राहकहरुले ए टु जेट अनलाइन बजारबाट सामग्री खरिद गर्दा अधिकतम २० हजार सम्म वा १२.५ प्रतिशत सम्म छुट पाउनेछन ।
उक्त सुविधा मोबाइल बैंकिङ, डेबिट कार्ड, कनेक्ट आइपिएस, नेपाल पे क्यूआर कोड प्रयोग गरि उक्त छुट प्रदान गरिने संस्थाका व्यवसाय प्रवद्र्धन विकासका अधिकृत सुरज कुमार सर्राफले बताए ।
फाइनान्सले मुद्घति निक्षेपमा सर्वाधिक १२.२५%, र बचत निक्षेपमा अधित्तम १०% सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ । फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको छ ।