IME Life New

कुमारी बैंकले ल्यायो कुमारी डबल धमाका योजना, ९०% सम्म कर्जा सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंकले नव वर्ष २०७९ को अवसर पारी “कुमारी डबल धमाका“ नामक मुद्दती निक्षेप ल्याएको छ । आफ्ना ग्राहक महानुभावहरुलाई सुविधा दिने क्रममा बैंकले यो धमाका ल्याएको जनाएको छ।

यस योजनाअन्तर्गत निक्षेपमा राखिएको रकम ७ वर्षमा दुई गुणा हुने तथा प्राप्त ब्याज जम्मा रकममा नै बढोतरी हुदै जानेछ। यस मुद्दती निक्षेपमा, न्युनतम मौज्दात १० हजार रुपैयाँ रहेको छ।

Esewa
Crest

यस मुद्दती निक्षेपमा सजिलै ९० प्रतिशत सम्म कर्जा सुविधा समेत रहेको बैंकले जानकारी गराएको छ। आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले बैंकले विभिन्न नयाँ सेवाहरु संचालनमा ल्याएको छ।

आफ्ना देशव्यापी १९७ शाखा–संजाल, १७७ एटिएम, ४३ शाखारहित बैंकिंग इकाई तथा १६ एक्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS