Connect IPS
IME Life

कर्पोरेट डेभलपमेन्ट बैंकको गोप्य शिलबन्दी बोलपत्र आज खोलिँदै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको लिलामी शेयर विक्रीका लागि प्राप्त गोप्य शिलबन्दी बोलपत्र आज शुक्रवार खोलिने भएको छ । कम्पनीले चैत १६ गतेदेखि २४ गतेसम्म अवितरित हकप्रद शेयर विक्रीको लागि गोप्य शिलबन्दी बोलपत्र माग गरेको थियो ।

विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड, सुन्धारा, काठमाडौंमा दिउँसो १ बजे गोप्य शिलबन्दी बोलपत्र खोलिने जानकारी कम्पनीले दिएको छ ।

Prabhu
Crest

कम्पनीले यस अघि माघ ७ गतेदेखि फागुन १३ गतेसम्म १५० प्रतिशत हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको सर्वसाधारण तर्फको १ लाख २० हजार १२० कित्ता हकप्रद शेयर लिलामीमा विक्री गरेको हो ।

प्रतिशेयर १ सय रुपैयाँ तोकिएको यो शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था थियो ।

यस शेयर विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । हाल रू। २० करोड चुक्तापूँजी रहेको कम्पनीले १ बराबर १ दशमलव ५ कित्ता शेयरको अनुपातमा रू। ३० करोड बराबरको ३० लाख कित्ता हकप्रद शेयर विक्री गरेको हो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS