IME Life New

बीमा अभिकर्ता र सर्भेयरको लाइसेन्स नविकरण गर्न दुई दिन बाँकी, ८६ हजारले गरे नविकरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा अभिकर्ता र सर्भेयरको लाइसेन्स नविकरण गर्न अव आज र भोलि सहित दुई दिन मात्रै बाँकी छ । बीमा समितिका अनुसार अहिलेसम्म ८६ हजार ६४ जनाले नविकरण गरेका छन् । बीमा समितिले यसै वर्षदेखि शुभारम्भ गरेको अनलाइन प्रणालीबाट ४४३ संस्थागत अभिकर्ताले समेत नविकरण गरिसकेका छन् ।

समितिका अनुसार अनलाइन प्रणालीबाट ५०६ जना सर्भेयरले पनि नविकरण गरेका छन् । बीमा समितिले यसै वर्ष खुला गरेको लाइसेन्सका लागि ११ सय भन्दा धरैले आवेदन दिएर लाइसेन्सका लागि आधारभुत तालिम लिएर पनि लाइसेन्स नलिएका कारण संख्या कम देखिएको हो ।

Esewa
Crest

जीवन, निर्जीवन र बीमा सर्भेयरले अनलाइन प्रणालीबाट सहजै नविकरण गरिरहेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । उनले भने ‘सञ्चालनमा ल्याइएको छोटो अवधिमै उल्लेख्य मात्रामा अभिकर्ताको आकर्षण देखिएको छ । यो प्राविधिक कुरा भएकाले हामीले सकेसम्म देखिएका समस्यालाई समाधान गर्ने प्रयास गरेका छौ । ‘समितिले प्राविधिक समस्या समाधान तथा अनुगमनका लागि तीन जनाको उपसमिति नै बनाएको छ । उक्त उपसमितिले २४ सै घण्टा देखिएका समस्या समाधानका लागि काम गरिरहेको सहायक निर्देशक सम्भु प्रसाद मिश्रले जानकारी दिए ।

समितिले चैत ८ गतेदेखि अनलाइन प्रणालीको शुभारम्भ गरेको थियो । बीमा समितिले कनेक्ट आइपिएस मार्फत भुक्तानी सहित स्वचालित रुपमा नविकरण हुने व्यवस्था मिलाएको छ । जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी र सर्भेयरले कनेक्ट आइपिएसमा गएर आफ्नो विवरण पोष्ट गर्ने वित्तीकै नविकरण शुल्क भुक्तानी गर्न मिल्ने र शुल्क तिर्ने वित्तीकै नविकरण भएको जानकारी प्राप्त हुनेछ ।

बीमा अभिकर्ता र सर्भेयरले चैत मसान्त भित्रमा अनिवार्य नविकरण गर्नै पर्ने कानुनी व्यवस्था छ । यदि चैत मसान्त भित्रमा नविकरण नभएमा बैशाख लागे सँगै विलम्ब शुल्क भुक्तानी गर्नु पर्ने हुन्छ । त्यसैले सम्पुर्ण अभिकर्ता र सर्भेयरलाई अन्तिम समयमा नकुरी अगाडी नै नविकरण गर्न समितिले अनुरोध गरेको छ ।

असार मसान्तमा सरकारले तेस्रो त्रैमाशिक अवधिको कर तथा राजस्व उठाउने भएकाले कनेक्ट आइपिएसको प्रणालीमा धेरै हिट हुन गइ समस्या देखिन सक्ने भएकाले सर्भेयर तथा अभिकर्ताको भुक्तानीमा पनि समस्या देखिन सक्ने भएकाले अन्तिम दिन नकुरी अगाडी नै नविकरण गर्न समितिले अनुरोध गरेको छ । नियम अनुसार चैत मसान्तभित्रमा नविकरण नभएमा बैशाख एक गतेदेखि दिन गनेर विलम्ब शुल्क भुक्तानी गर्नु पर्ने व्यवस्था छ । यो बीमा नियमावलीमै भएकाले बीमा समितिले नविकरणका लागि समय थप नगर्ने हुँदा अहिलेदेखिनै बीमा सर्भेर र अभिर्तालाई छिटो भन्दा छिटो नविकरण गर्न आह्वान गरेको हो ।

समितिको पछिल्लो तथ्याङ्क अनुसार सर्वाधिक धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताले नविकरण गरेका छन् । नेपाल लाइफका १३ हजार ४०४ जनाको नविकरण भएको छ ।

त्यस्तै युनियन लाइफका ११ हजार ३६ जना अभिकर्ताले नविकरण गरेका छन् । सिटिजन लाइफका ७ हजार ९६ जना, आइएमई लाइफ ७ हजार ९६ जना, एशियन लाइफका ६ हजार जना, सन नेपाल लाइफका ५ हजार ४६७ जना, मेट लाइफका ४ हजार ५५८ जना, गुराँस लाइफ ४ हजार ३७५ जना, नेशनल लाइफ ४ हजार ९५ जनाले नविकरण गरेका छन् ।

बीमा समितिको यो अनलाइन प्रणालीले अव अभिकर्ताको संख्या यथार्थमा कति छन् भनेर देखिनेछ । साथै बजारमा अहिले कतिजना सक्रिय अभिकर्ता छन् भन्ने पनि देखिने छ । अनलाइन प्रणालीबाट नविकरण हुने भएकाले अहिले सक्रिय अभिकर्ताले मात्रै नविकरण गर्नेछन् ।

बीमा समितिले ल्याएको अनलाइन प्रणालीबाट बीमा अभिकर्ता तथा सर्भेयरलाई धेरै नै सहज भएको छ । समितिले अहिलेलाई भक्तानी प्रणालिमा कनेक्ट आइपिएसलाई मात्रै जोडेको छ । आगामी दिनमा अन्य भुक्तानी प्रणालीलाई पनि जोड्दै जाने योजना बनाएको छ । भुक्तानी प्रणालीबाटै सफ्टवेयर निर्माण भएकाले समितिले अहिलेलाई कनेक्ट आइपिए मार्फत नै जाने निर्णय गरेको हो । कतिपय अभिकर्ता र सर्भेयरले कनेक्टआइपिएस मार्फत मात्रै भुक्तानी गर्नु पर्ने वाध्याताले समस्या भएको बताए पनि एउटै कनेक्टआइपिएस मार्फत धरै जना अभिकर्ता तथा सर्भेयरको नविकरण गर्न मिल्ने भएकाले व्यवहारिक रुपमा पनि धेरै जटिल नभएको समितिको राय छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS