Connect IPS
IME Life

८ महिनामा जीवन बीमा कम्पनीले आर्जन गरे २५ अर्ब ९१ करोड प्रथम बीमा शुल्क, कुनको कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आर्थिक वर्ष २०७८ /७९ को आठ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले २५ अर्बमाथि प्रथम बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिको तथ्याङक अनुसार कम्पनीहरुले यस अवधिसम्ममा २५ अर्ब ९१ करोड ३४ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका हुन् । फागुन महिनामा मात्रै कम्पनीहरुले २ अर्ब ८८ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।

समितिको तथ्याङक अनुसार यस अवधिमा सबैभन्दा धेरै प्रथम बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा ४ अर्ब ३८ करोड ५२ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।
दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले चालु आर्थिक वर्षको ८ महिनामा २ अर्ब ८४ करोड ६७ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । तेस्रोमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा १ अर्ब ८४ करोड ५९ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

Prabhu
Crest

त्यस्तै, एलआइसी नेपालले १ अर्ब ६९ करोड ३४ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब ६८ करोड ७६ लाख रुपैयाँ, सन नेपाल लाइफले १ अर्ब ६६ करोड ७५ लाख रुपैयाँ, यूनियन लाइफले १ अर्ब ५९ करोड ४७ लाख रुपैयाँ,एशियन लाइफले १ अर्ब २९ करोड ३४ लाख रुपैयाँ, सुर्या लाइफले १ अर्ब २० करोड २९ लाख रुपैयाँ, ज्योति लाइफले १ अर्ब १२ करोड ३४ लाख रुपैयाँ, मेट लाइफले १ अर्बमाथि प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।

करोडमा प्रथम बीमा शुल्क आर्जन गर्ने कम्पनीहरु
समितिको तथ्याङक अनुसार आइएमई लाइफले ८८ करोड ३३ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । प्राइम लाइफले ८६ करोड १७ लाख, रिलायन्स लाइफले ७४ करोड ६८ लाख, सानिमा लाइफले ७४ करोड १ लाख, राष्ट्रिय बीमा संस्थानले ७० करोड ५८ लाख, प्रभु लाइफले ६९ करोड ६६ लाख, महालक्ष्मी लाइफले ४७ करोड ७७ लाख रुपैयाँ र गुराँस लाइफले ४५ करोड ४१ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS