IME Life New

एशियन लाइफले दियो साढे १७ लाख रुपैयाँ मृत्यु दाबी वापतको रकम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

दमक। एशियन लाइफ इन्स्योरेन्सको घर दैलो मृत्यु दाबी भुक्तानी कार्यक्रम अन्तर्गत मोरङको पथरी शनिश्चरे ७ मा स्वर्गीय विष्णुकुमारी राई लिम्बुको निवासमा पुगेर १७ लाख ५८ हजार ७सय उनान्नब्बे रूपैंयाको मृत्यु दाबी हस्तान्तरण गरेको छ ।

स्वर्गीय विष्णु कुमारीले २०७५ साल कार्तिक ३० गते एशियन लाइफ इन्स्योरेन्समा १५ लाख रुपैयाँ बीमांकको २० वर्षे जीवन संजीवनी बीमालेख खरिद गरेकाी थिइन् । बीमा चालू रहेकै अवस्थामा हृदयघातबाट २०७८ साल माघ २८ गते उनको स्वर्गरोहण भएको थियो। बीमितले कूल चार पटक वार्षिक किस्ता रकम भुक्तानी गरेका थिए। उक्त बीमांक वापतको १५ लाख र बोनस वापतको २‌ लाख ५८‌हजार ७ सय उनान्नब्बे रुपैयाँ समेत बीमितको छोरी नबिना सुब्बालाई शुक्रबार वडा नम्बर ७ का वडा अध्यक्ष कपिलमणी ढकाल र कम्पनीका सहायक क्षेत्रिय प्रमुख शान्तिराम निरौलाले संयुक्तरूपमा चेक हस्तान्तरण गरेका हुन् ।

Esewa
Crest

एशियन लाइफको पथरी उपशाखा कार्यालय प्रमुख रमेश प्रधानले सञ्चालन गरेको दाबी भुक्तानी तथा श्रद्धाञ्जली कार्यक्रममा एशियन लाईफका अभिकर्ता, स्थानीय बासिन्दा र संघ संस्थाका प्रतिनिको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS