IME Life New

जीवन बीमा कम्पनीले आर्जन गरे २ अर्ब ८८ करोड प्रथम बीमा शुल्क, कुनको कति ? (सूचिसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७८ /७९ को फागुन महिनामा मात्रै २ अर्ब माथि प्रथम बीमा शुल्क आर्जन गरेका छन । बीमा समितिको तथ्याङ्क अनुसार १९ जीवन बीमा कम्पनीहरुले फागुन महिनामा मात्रै २ अर्ब ८८ १६ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् । यी कम्पनीहरुले यस वर्षको ८ महिनाको अवधिसम्ममा भने २५ अर्ब ९१ करोड ४२ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।

बीमा समितिको तथ्याङक अनुसार आर्थिक वर्ष २०७८ /७९ को फागुन महिनामा सबैभन्दा धेरै प्रथम बीमा शुल्क आर्जन गर्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले फागुन महिनामा ५१ करोड ३२ लाखरुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

Esewa
Crest

दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा २९ करोड २७ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएको छ । तेस्रोमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा २४ करोड ४९ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएको छ । एलआइसी नेपालले २१ करोड ५ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।
त्यसैगरी रिलायबल नेपाल लाइफले १८ करोड ८८ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । ज्योति लाइफल इन्स्योरेन्स कम्पनीले १९ करोड ७१ लाख रुपैयाँ, सन नेपाल लाइफले १८ करोड ९५ लाख रुपैयाँ, सूर्या लाइफल इन्स्योरेन्स कम्पनीले १५ करोड ५३ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।

त्यस्तै, फागुन महिनामा यूनियन लाइफले १४ करोड ३० लाख रुपैयाँ, मेट लाइफले १२ करोड ८८ लाख रुपैयाँ, एशियन लाइफले ११ करोड ८३ लाख रुपैयाँ, प्राइम लाइफले ९ करोड १५ लाख रुपैयाँ, सानिमा लाइफले ८ करोड ८० लाख रुपैयाँ, आइएमई लाइफले ७ करोड ४५ लाख रुपैयाँ,रिलायन्स लाइफले ६ करोड ८७ लाख रुपैयाँ, प्रभु लाइफले ५ करोड १८ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।

समितिको तथ्याङ अनुसार फागुन महिनामा राष्ट्रिय बीमा संस्थानले ४ करोड ४४ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । महालक्ष्मी लाइफले ४ करोड १८ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ भने गुराँस लाइफले २ करोड ७८ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS