Connect IPS
IME Life

गभर्नर महाप्रसाद अधिकारी निलम्बित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बित गरेको छ । स्रोतका अनुसार सरकारले डेपुटी गभर्नर निलम ढुङ्गानालाई कार्यवहाकको जिम्मेवारी दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले अधिकारीलाई निलम्बन गरेको हो ।

विलासी बस्तु आयात रोक्न अर्थ मन्त्रालयले दिएको निर्देशनसम्बन्धी सूचना चुहाएको विषयमा गभर्नर अधिकारी र अर्थमन्त्री जनार्दन शर्मा विच सार्वजनिक कार्यक्रममै आरोप प्रत्यारोप भएको थियो । शर्माले सुरुदेखि नै गर्भनर अधिकारीबाट असहयोग भएको भन्दै उनलाई हटाउने प्रयास गरिरहेका थिए ।

Prabhu
Crest

केहि समय अगाडी अधिकारीलाई कोभिड १९ संक्रमण भएको भन्दै विदामा बस्न अर्थमन्त्री शर्माले निर्देशन दिएका थिए । त्यतिवेला अधिकारी लगभग एक महिना विदामा बसेर पुनः कार्यालय फर्किएका थिए । गभर्नर अधिकारीलाई पुर्व अर्थमन्त्री डा. युवराज खतिवडाले नियुक्त गरेका थिए । अधिकारीलाई पुर्व अर्थमन्त्री खतिवडाबाट परिचालित भएको भन्दै आरोप लाग्ने गरेको छ । अहिलेको सरकारलाई असफल बनाउन गभर्नर लागि परेको भन्दै उनि प्रति सरकार असन्तुष्ट थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS