Connect IPS
IME Life

व्यापार घाटा बढाउन सकृय जीवन बीमा कम्पनीहरु, भारतीय प्रवचकलाई करोडौं रुपैयाँ तिरेर निम्त्याउँदै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बढ्दो व्यापार घाटासँगै वैदेशिक मुद्रा संचिति घट्दै गएपछि बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले बिहीबार सबै बीमा कम्पनीहरुलाई महँगा सवारी साधन खरिद गर्न रोक लगाएको छ । साथै अत्यावश्यक अवस्थामा बाहेक सामान्य खाले सवारी साधन समेत खरिद नगर्न निर्देशन जारी गरेको छ ।

अर्थ मन्त्रालय तथा नेपाल राष्ट्र बैंकले वैदेशिक व्यापार घाटा नियन्त्रण गर्नको लागी आयात निरुत्साहित गर्ने रणनीति अपनाउँदै गर्दा जीवन बीमा कम्पनीहरु भने धमाधम विदेशी मुद्रा खर्चिने कार्यमा लागेका छन् ।

Prabhu
Crest

बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय मान्यता प्राप्त संस्था मिलियन डलर राउण्ड टेबल(एमडिआरटी) को लागी बीमा अभिकर्ताहरुले जनही पाँच सय अमेरिकी डलर भुक्तानी गरेका छन् । एमडिआरटी योग्य अभिकर्ताहरुले एमडिआरटीको एक वर्षे सदस्यता प्राप्त गर्नको लागी यो रकम व्यक्तिगतरुपमा भुक्तानी गरेका हुन् । जीवन बीमा कम्पनीहरुले एमडिआरटीलाई ठूलो महत्वका साथ प्रचारप्रसार गरिरहेको हुँदा जीवन बीमा अभिकर्ताहरुबीच यो प्रतिष्ठाको विषय बनेको छ । विगतका वर्षहरुको तुलनामा यसवर्ष अमेरिकी डलरमा शुल्क भुक्तानी गरेर एमडिआरटीको सदस्यता प्राप्त गरेका छन् ।

एमडिआरटीको लागी विदेशी मुद्रा बाहिरिएलगत्तै अहिले भारतीय मोटिभेशनल स्पिकर निम्त्याउने नाममा पुनः जीवन बीमा कम्पनीहरुले ठूलो रकम विदेश पठाउने तयारी गरेका छन् । भारतीय मोटिभेशनल स्पिकर सोनु शर्मा र डा. विवेक बिन्द्रा वैशाखको दोश्रो र तेश्रो साता काठमाण्डौं आउँदैछन् ।

प्रज्ञा प्रतिष्ठानमा आयोजना गर्न लागिएको सोनु शर्माको प्रवचन कार्यक्रममा नेपाल लाईफले ठूलो संख्यामा बैशाख १३ गते सहभागी गराउँदैछ । २०७८ चैत्र महिनामा ल्याउने व्यवसायको आधारमा अभिकर्ताहरुलाई यो प्रवचन कार्यक्रममा सहभागी गराउने औपचारिक घोषणा नेपाल लाईफले गरिसकेको छ । सोनु शर्माको प्रवचन कार्यक्रममा प्रति व्यक्ति न्यूनत्तम २ हजार पाँच सय रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । अन्य जीवन बीमा कम्पनीले पनि यो प्रवचन कार्यक्रममा आफ्ना अभिकर्तालाई सहभागी गराउँदैछन् ।

त्यसैगरी गोदावरीस्थित सम्मेलन केन्द्रमा बैशाख १० गते आयोजना गर्न लागिएको डा. विवेक बिन्द्राको प्रवचन कार्यक्रममा पनि ठूलो संख्यामा जीवन बीमा कम्पनीहरुबाट अभिकर्ता सहभागी गराइदैंछ । बिन्द्राको प्रवचन कार्यक्रममा प्रति व्यक्ति न्यूनत्तम ८ हजार रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । यसबाहेक बिन्द्राले होटल ह्यात प्यालेसमा महँगो प्रवेश शुल्कमा सीमित संख्यामा प्रवचन दिने कार्यक्रम समेत रहेको छ ।
यी दुबै प्रवचन कार्यक्रममा जीवन बीमकले अभिकर्ता सहभागी गराउँदा प्रत्यक्षरुपमा विदेशी मुद्रा भुक्तानी नगरे पनि ती प्रवचकको पारिश्रमिकवापत ठूलो रकम स्थानीय आयोजकमार्फत् विदेशीने निश्चित छ ।

बीमा समितिको हस्तक्षेप आवश्यकः
समितिको हस्तक्षेपसँगै जीवन बीमा अभिकर्ताहरुले पनि मुलुकको हितलाई ध्यानमा राखेर यस्तो कार्यक्रममा सहभागि नभई बहिष्कारको घोषणा गर्नुपर्ने समय हो । बढ्दो व्यापार घाटामा जीवन बीमा कम्पनीहरुबाट हुन लागेको आगोमा घिउ थप्ने कार्य लाई नियामक निकायको हैसियतबाट बीमा समितिले तत्कालै रोक लगाउनु जरुरी रहेको बीमा क्षेत्रबारे नजिकबाट अवगत विज्ञहरुको राय छ ।

अहिले मुलुकको अर्थतन्त्र नै गम्भीर संकटमा पर्ने परिस्थितिलाई मध्यनजर गर्दै बीमा समितिले तत्कालै हस्तक्षेप गर्नु आवश्यक छ,जीवन बीमक संघका एक पदाधिकारीले टिप्पणी गर्दै भने, सामान्य परिस्थितिमा समितिले स्वीकृति दिएपनि अहिलेको परिस्थितिको विषयमा वृहद दृष्टीकोणमा नियामक निकायले विश्लेषण गर्नु जरुरी छ ।

प्रवचन कार्यक्रममा सहभागीताको लागी भुक्तानी गर्नुपर्ने रकम सम्बन्धित अभिकर्तालाई नगदै भुक्तानी गरेर वैदेशिक मुद्राको संचिति सहज भएको अवस्थामा भविष्यमा पुनः कार्यक्रम गर्ने गरी तत्कालको लागी बीमा समितिले रोक लगाउनुपर्ने उनीहरुको राय छ ।

वैदेशिक मुद्रा संचितिको नाजुक अवस्थाः
पेट्रोलियम इन्धनको बढ्दो मूल्य र घट्दो निर्यात व्यापारका कारण अहिले नेपाल राष्ट्र बैंकको ढुकुटीमा वैदेशिक मुद्राको संचिति बिस्तारै संकुचन हुन थालेको छ ।

राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई दिएको जानकारी अनुसार गत फागुनमा विदेशी मुद्रा संचिति १५ करोड डलरले घटेर ९.६० करोड डलरमा सीमित हुन पुगेका छ । सोमबार प्रकाशित विनिमय दर १२१.४९ रुपैयाँ अनुसार एक महिनामै करिब १८ अर्ब २२ करोड रुपैयाँबराबरको विदेशी मुद्रा घटेको हो।

राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको २०७८ माघसम्ममा विदेशी मुद्रा संचिति ९.७५ अर्ब डलरमा झरेको थियो । यो गत आर्थिक वर्षको माघ महिनाको तुलनामा भन्दा १७ प्रतिशतले कम हो। २०७७ पुसमा १२.८ अर्ब अमेरिकी डलर बराबरको विदेशी मुद्रा संचिति रहेकोमा सोही वर्षको माघमा यो एक अर्ब डलरभन्दा धेरैले अंकले गिरावट आएर ११.७५ अर्ब डलरमा झरेको थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS