काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले गत माघ २४ गते कम्पनीका संस्थापक शेयरधनी नाममा रहेको उक्त शेयर विक्री गर्न लागेको हो ।
विद्यमान संस्थापकले मात्र खरीद गर्न सक्ने गरी ३५ दिने सूचना जारी गरेकोमा उक्त शेयर खरीद गर्न कुनै निवेदन नआएकाले कम्पनीले सर्वसाधारणमा उक्त शेयर विक्री गर्न लागेको हो ।
उक्त शेयर खरीद गर्न इच्छुक सर्वसाधारणले यो सूचना प्रकाशित गरेको आजको मितिले १५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।