काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले २६ लाख ६३ हजार ६६ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले कम्पनीका विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको उक्त शेयर विक्री गर्न लागेको जनाउको छ ।
उक्त शेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । उक्त शेयर खरीद गर्न ईच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको बागबजार स्थित कार्यालयको शेयर विभागमा लिखित निवेदन सहित सम्पर्क गर्न आग्रह गरेको छ ।
उक्त समय अवधिमा शेयर खरीद गर्न कुनै प्रस्ताव नआएमा अन्य व्यक्ति वा संस्थालाई उक्त शेयर विक्री गर्ने कम्पनीले जनाएको छ ।