IME Life New

नेपाल बैंकद्धारा गुञ्जमान सिंह अस्पताललाई १५ लाख २५ हजार आर्थिक सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बैंकको स्थापना तथा सञ्चालनमा महत्वपूर्ण योगदान पुर्याएका स्व. सरदार गुञ्जमान सिंहको सम्झनामा चितवनको रत्ननगर पिठुवामा स्थापना भएको गुञ्जमान सिंह अस्पताललाई मेडिकल उपकरण खरिद गर्न १५ लाख २५ हजार आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको ।

उक्त आर्थिक सहयोग रकम उपलब्ध गराउने सम्बन्धमा आज आयोजित एक कार्यक्रममा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बैंकको स्थापना तथा सञ्चालनमा विशेष योगदान पुर्याएका स्व. सरदार गुञ्जमान सिंहको नाममा स्थापित अस्पताललाई सो सहयोग उपलब्ध गराउन पाएकोमा प्रशन्नता व्यक्त गरे ।

Esewa
Crest

स्व. सरदार गुञ्जमान सिंहको व्यक्तित्वको चर्चा गर्नुहुँदै गुञ्जमान सिंह मेमोरियल ट्रष्ट्रका अध्यक्ष दुर्गेश मान सिंहले नेपाल बैंकको स्थापना साथै देशको औद्योगिक तथा आर्थिक विकासमा स्व. सरदार गुञ्जमान सिंहले पु¥याउनु भएको योगदानलाई सम्मान गर्दै नेपाल बैंक लिमिटेडले उनको नाममा स्थापना भएको अस्पताललाई गरेको आर्थिक सहयोगका लागि हार्दिक आभार व्यक्त गरे ।

उक्त कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृतहरु विश्वराज बराल, प्रकाशकुमार अधिकारी र होम बहादुर खड्का साथै बैंकका कम्पनी सचिव केशव प्रसाद भण्डारी, बरिष्ठ प्रबन्धकद्वय अर्जुन बहादुर कँडेल र बाबुराम काफ्ले समेतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS