IME Life New

कामना सेवा विकास बैंक बन्यो क्रेडिट कार्ड जारी गर्ने नेपालकै पहिलो विकास बैंक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विकास बैंकहरुमध्ये नेपालमा पहिलो पटक कामना सेवा विकास बैंकले क्रेडिट कार्ड जारी गरेको छ । समय सापेक्ष ग्राहकमहानुभावहरुको चाहना अनुसार नवीनतम प्रविधिमार्फत सेवाहरु प्रवाह गर्दै आएको बैंकले सर्वसुलभ तथा अत्याधुनिक बैकिङ सेवा पु¥याउने उद्देश्यका साथ क्रेडिट कार्ड सेवा शुभारम्भ गरेको हो ।

बैंकले मिति २०७८ साल चैत्र २१ गते सोमबारबाट औपचारिक रुपमा क्रेडिट कार्ड सेवा सुचारु गरि क्रेडिट कार्ड जारी गर्ने नेपालकै पहिलो विकास बैँक हुन सफल भएकोे छ ।

Esewa
Crest

बैंकका अध्यक्ष सुदिप आचार्य र सञ्चालक विश्वेश्वर सुवेदीले संयुक्त रुपमा क्रेडिट कार्ड सेवाको समुद्घाटन गरि सेवा शुभारम्भ गरेका हुन् । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत लगायत बैंकका अन्य कर्मचारीहरु तथा संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

विकास बैँकहरुको माझ नयाँखालको प्रोडक्टहरु ल्याई ग्राहकमहानुभावहरुको चाहना र आवश्यकताहरु पुरा गर्दै अगाडि बढेको हुदानै कामना सेवा उत्कृष्ट मध्ये एक विकास बैंक बनेको बैंकका अध्यक्ष सुदिप आचार्यले बताए ।

पोइन्ट अफ सेल मार्फत क्रेडिट कार्डकारोबार गर्दा कारोबार सुरक्षित रहने,भिजा कार्ड स्वीकार्ने एटिएमबाट नगद झिक्न सकिने, भुक्तानी गर्दा न्यूनतम् नेपाली रूपैयाँ १००० अथवाजम्मा डेबिट रकमको १० प्रतिशतसम्म झिक्न सकिने, कार्डबाट बस्तु वा सेवा खरिद कारोबार गर्दा न्यूनतम् १५ देखि ४५ दिन सम्म ब्याज नलाग्ने, क्रेडिट कार्डसीमा नेपाली रूपैयाँ १५,००० देखि ५,००,००० सम्म पाउनेर नेपाल लगायत भारतमा समेत सजिलै प्रयोग गर्न सकिने जस्ता विशेषताहरु यस कामना सेवाविकास बैंकको क्रेडिट कार्डमा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS