IME Life New

मुक्तिनाथ विकास बैंकद्धारा विद्यालयलाई २ लाख रुपैयाँ आर्थिक सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुक्तिनाथ विकास बैंकले बिर्तामोडस्थित राउन्ड टेबल नेपाल प्रोजेकटलाई श्री चमरधाप प्राथमिक विद्यालयको भौतिक पुर्वाधार निमार्ण गर्नका लागि २ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

बैंकले बिर्तामोड स्थित राउन्ड टेबल नेपाललाई एक कार्यक्रमबीच सो रकम बराबरको चेक हस्तान्तरण गरेको हो । यस सहयोगबाट विद्यालयका विद्यार्थीहरुलाई पढ्नको लागि राम्रो वातावरण बन्ने धारणा बैंकले लिएको छ । मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।

Esewa
Crest

उक्त कार्यक्रममा बैंकका तर्फबाट प्रदेश नं १ का प्रमुख मनोज विष्ट , बिर्तामोड शाखाका प्रबन्धक हरि ओझा र अन्य कर्मचारीहरुको उपस्थिति तथा राउन्ड टेबलको तर्फबाट अध्यक्ष सुनिल जैसवाल तथा अन्य आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS