IME Life New

राजस्व छली गर्ने २४ फर्म विरुद्ध मुद्धा दायर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

राजस्व अनुसन्धान विभागले नक्कली बिल बिजक जारी गरी राजस्व छली गरेको आरोपमा जय किशोर शाह र परमेश्वर शाह सहित २४ वटा फर्म विरुद्ध मुद्धा दायर गरेको छ । विभागले १ अर्ब ७५ करोड विगो कायम गर्दै गत आईतबार काठमाडौ जिल्ला अदालतमा मुद्धा दायर गरेको हो ।

विभागले नक्कली तथा झुट्टा मूल्य अभिबृद्धि कर विजकबाट ठूलो परिमाणमा कर छलि भई रहेको भन्ने सुचनाका अनुसन्धान सुरु गरेको थियो । अनुसन्धान पछि मजदुरहरुलाई आर्थिक प्रलोभन देखाई उनीहरुको नाममा फर्म दर्ता गरी र बैकमा खाता खोली नक्कली विलको कारोबार गरेको पाईएको विभागले जानकारी दिएको छ ।

Esewa
Crest

विभागले परमेश्वर शाहलाई गत माघ ३ गते र जय किशोर शाहलाई गत माघ ४ गते नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो । विभागले राजस्व चुहावट ऐन बमोजिम अरोपित फर्महरुलाई विगो बापतको रकम असुल गरी दोब्बरसम्म जरिवाना र ३ बर्षसम्म कैद सजायको माग गरेको छ ।

त्यस्तै, विभागले विदेशी बिनिमय अपचलन तथा हुण्डी कारोबारीको आरोपमा गोविन्द सुब्बा र इन्द्रनारायण लिम्बु बिरुद्ध मुद्धा दायर गरेको छ । विभागले गत आईतबार नै ३ करोड ६६ लाख रुपैयाँ विगो कायम गरी काठमाडौ जिल्ला अदालतमा मुद्धा दायर गरेको हो ।

विभागका अनुसार रिलयान्स सब रेमिटका सञ्चालक गोविन्द सुब्बाले इन्द्रनारायण लिम्बु समेतको साझेदारीमा रिलायन्स सब रेमिट दर्ता गरी मलेसियाबाट नेपाल पठाउँने र ल्याउने रकम नेपाल नल्याई नेपालकै एक ठाउँबाट अर्को ठाउँमा पठाएको कारोबार देखाई विदेशी विनिमय अपचलन गर्ने गरेको बताएको छ ।

विभागले विदेशी विनिमय ऐन २०१९ बमोजिम सुब्बा र लिम्बुलाई बिगो रकमको ३ गुणासम्म सजायको र ३ बर्षसम्म कैद सजाय समेत माग गरेको छ ।

साथै विभागले अबैध रुपमा सुनचाँदी खरिद गरी राजस्व चुहावट गरेको कसुरमा ८ जनाको विरुद्ध अदालतमा मुद्धा दायर गरेको छ । विभागले दिपेश कुमार यादव सहितलाई १ करोड ४२ लाख विगो माग दाबी सहित गत आईतबार नै काठमाडौ जिल्ला अदालतमा मुद्धा दर्ता गरेको हो ।

विभागले सिद्धि अर्नामेण्टका हनुमन्त शंकर चौभान, रोहीत पेटल, दिपेश कुमार यादव, राजन कुमार गुप्ता र मनोहर विरुद्ध मुद्धा दायर गरेको छ । उनीहरुको नाममा विभागले २१ लाख ८७ हजार विगो कायम गरेको छ । त्यस्तै, माँ दुर्गा ज्वलेरीका दिनेश प्रसाद साहका नाममा ६० लाख ६४ हजार विगो दाबी गरेको छ । ओम ज्वैलर्सका रामबाबु साह र अनिल कुमार साहको नाममा ५९ लाख ९३ हजार विगो कायम गरी अदालतमा मुद्धा दायर गरेको छ । विभागले विगोको दुई गुणा जरिवाना र ३ बर्ष कैदको माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS