IME Life New

ज्योति विकास बैंकका ग्राहकले होटल सेन्ट्रल प्लाजामा छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति विकास बैंकले कोहलपुरस्थित पाँच तारे होटल सेन्ट्रल प्लाजासंग होटलका विभिन्न सेवा सुविधाहरुमा बैंकका ग्राहकहरुलाई १५ प्रतिशत छूट सम्बन्धी सम्झौता गरेको छ। सम्झौता पत्रमा बैंकका तर्फबाट कोहलपुर क्षेत्रीय प्रमुख दिनेश रायमाझी तथा होटल सेन्ट्रल प्लाजाका तर्फबाट बजार व्यवस्थापन प्रमुख रमेश कुमार पाठकले हस्ताक्षर गगरेका हुन् ।

बैंकले भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकलाई सेवाहरुमा थप छुट दिन सो सम्झौता गरेको हो। होटल सेन्ट्रल प्लाजा कोहलपुरस्थित सम्पूर्ण आधुनिक सुविधा सम्पन्न पाँच तारे होटल हो।

Esewa
Crest

यस सम्झौता पश्चात ज्योति विकास बैंकका ग्राहकहरुले भिषा डेविट कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा होटलको फुड एन्ड बेभरेज र रूम शुल्कमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।बैंकले देशका अन्य विभिन्न व्यवसायहरुसंगको सहकार्यमा ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्दै आइरहेको छ।

ज्योति विकास बैंकले हाल ११४ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६३ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS