IME Life New

बीमा कम्पनीका सञ्चालक दुई कार्यकाल भन्दा लामो समय बस्न नपाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीका सञ्चालकहरु लगातार दुई कार्यकाल भन्दा लामो समय बस्न नपाउने भएका छन् । बीमा समितिको सञ्चालक समितिको संस्थागत सुशासन सम्बन्धी निर्देशिका संशोधन गर्ने क्रममा यस्तो निर्णय गरेको हो ।

बीमा समितिका निर्देशक दिनेशलाल कर्णका अनुसार संस्थापक समुह र सर्वसाधारण समुह जुन सुकैबाट प्रतिनिधित्व गर्नेलाई यस्तो व्यवस्था लागु हुनेछ । स्वतन्त्र सञ्चालकको हकमा पनि एक पटक स्वतन्त्र सञ्चालक हुने वित्तीकै एक पटक गणना हुने छ । यदि त्यो व्यक्ति सर्वसाधारण वा संस्थापक बाट आउन चाहेमा पनि जम्मा दुई पटक मात्रै पाउनेछ । स्वतन्त्र सञ्चालक स्वतन्त्र सञ्चालककै रुपमा भने एक कार्यकाल सञ्चालक हुन पाउने व्यवस्था छ ।

Esewa
Crest

एउटै व्यक्ति पाएसम्म आजीवन नभएमा तीन चार कार्यकालसम्म सञ्चालक तथा अध्यक्ष पदमा रहने गरेका छन् । कतिपय कम्पनीमा एउटै व्यक्ति लामो समय सञ्चालक पदमा बस्ने र कम्पनीको आन्तरिक काम कारबाहीमा समेत हस्तक्षेप बढ्न थाले पछि बीमा समितिले यस्तो निर्णय गरेको हो ।

बीमा समितिको यस्तो निर्देशिकाले नेपाल लाइफको सञ्चालक समितिको निर्वाचन प्रभावित हुने देखिएको छ । कम्पनीले भोलि संस्थापक समुहको प्रतिनिधित्व गर्ने चार सञ्चालकको निर्वाचन गर्दैछ । निर्वाचन प्रकृयाँ अगाडी बढिसकेको छ । स्वतन्त्र सञ्चालकको रुपमा रहेका कमलेश अग्रवाल राजिनामा दिएर संस्थापक शेयरधनीहरुको समुहबाट निर्वाचित हुने तयारीमा छन् । तर समितिको यस्तो निर्णय सँगै नेपाल लाइफको सञ्चालकको निर्वाचनका विषयमा असर पार्ने देखिन्छ ।

बीमा समितिले गत मंगलबार नै यो निर्णय गरेकोले नेपाल लाइफले संभवत निर्बाचनको एजेन्डा यसपाल रोकेर लगत्तै बिशेष साधारणसभा मार्फत नयाँ संचालक समिति चयन गर्नेछ। यो निर्देशिकाले गोबिन्दलाल संघाई, राम अवतार अग्रवाल, बिबेक अग्रवाल र कमलेशकुमार अग्रवाललाई सधाको लागि नेपाल लाईफमा संचालक बन्ने बाटो बन्द गरिदिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS