IME Life New

गरिमा क्यापिटलले बोलायो छैठौं बार्षिक साधारण सभा, १६% लाभांश पारित गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गरिमा क्यापिटलले छैठौं बार्षिक साधारण सभा बैशाख ९ गते शुक्रबार गर्ने भएको छ । क्यापिटलको बैंशाख १४ गते बसेको संचालक समितिको ैंकले उक्त सभाको मिति तय गरेको हो । उक्त सभा पार्क भिलेज रिसोर्ट बुढानिलकण्ठमा डाकिएको छ ।

सभामा आर्थिक बर्ष २०७७/०७८ को संचालक समितिको प्रतिवेदन पारित गर्ने, वित्तीय विवरण स्वीकृत गर्ने, लेखापरिक्षक नियुक्त गरि पारिश्रमिक निर्धारण गर्ने, संस्थापकबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ५ संचालक निर्वाचन गर्ने, २०७८ आषाढ मसान्तमा कायम चुक्ता पूँजीको १५ दशमलव ६५ प्रतिशतले हुन आउने रकम एक करोड चौरासी लाख त्रियासी हजार आठ सय पन्चानब्बे र पैसा त्रियानब्बे मात्र नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने बिषयहरु रहेका छन्।

Esewa
Crest

त्यस्तै कम्पनीले आफ्नो कार्यक्षेत्र विस्तार गरी धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, शेयर रजिष्ट्रार एवं सामूहिक लगानी कोषको डिपोजिटरीको रुपमा समेत कार्य गर्नको निमित्त कम्पनीको प्रबन्धपत्रमा उल्लेखित उद्देश्यहरु थप संशोधन गर्ने र सो बमोजिम आवश्यक व्यवस्था गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने रहेको छ।

गरिमा क्यापिटल लिमिटेड वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा वैदेशिक साझेदारीमा जाने सम्बन्धी निर्णय गर्न तथा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडी बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, सञ्चालकहरुलाई प्रदान गरिने बैठक भत्ता रकम बृद्धि गर्ने ,प्रबन्धपत्र संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायबाट कुनै फेरबदल, थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS